logo

समाजवादी मोर्चाले वीरगंज सन्देश सभा गर्ने

 इसीमाना सम्वाददाता     २०८० भदौ ५ गते ०३: ५९ मा प्रकाशित     957   पटक पढिएको

बीरगंज । समाजवादी मोर्चा, नेपालले बीरगंजमा भदौ ८ गते प्रदेश स्तरीय सन्देश सभा तथा अन्तरकृया गर्ने निर्णय गरेको छ ।

 

मोर्चाको भदौ ४ गते सम्पन्न बैठकले सातै प्रदेशमा सन्ेश सभा गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बीरगंजमा ८ गते सन्देशसभा गर्ने तयारी मोर्चा गरेको हो ।

 

मोर्चा सम्बद्ध पार्टीका जिल्ला तहको नेतृत्वको संयुक्त बैठकले ८ गते कार्यक्रम गर्ने तय गरेको जनता समाजवादी पार्टीका पर्सा सचिव तवरेज अहमदले जानकारी दिए ।

सोमवार समाजवादी मोर्चा, नेपाल सम्बद्ध पर्सा जिल्लामा रहेका दलहरूको सयुक्त बैठक जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष श्री रामनरेश प्रसाद यादवको अध्यक्षता एवम् जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारीणि समिति सदस्य तथा निबर्तमान मुख्यमन्त्री लालबाबू राउतको विशेष उपस्तिथिमा बैठक बसि विभिन्न निर्णयहरु गरेको सचीव अहमदले जानकारी दिए ।

 

समाजवादी मोर्चा, नेपालले गर्ने सन्देश सभा तथा अन्तरक्रिया कार्यक्रमलाई सभ्य, भब्य र सफल बनाउन आ आफ्नो पार्टीका सम्पूर्ण तह र तप्का नेताकार्यकर्ताहरुलाई कार्यक्रममा सहभागीताका लागी अहवान गर्ने निर्णय भएको हा ।

 

बैठकले कार्यक्रमलाई अझै ब्यव्स्थित बनाउन जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको संयोजक्त्व्मा ७ सदस्यीय कार्यक्रम ब्यवस्थापन समिति गठन गरेको छ ।

 

सदस्यहरुमा नेकपा एसका तर्फबाट जिल्ला अध्यक्ष बालगोपाल थापा, शंकरलाल कर्ण, माओवादीका तर्फबाट रामदरश प्रसाद कुश्वाहा, सुरेन्द्र गुप्ता, जसपाका जिल्ला सचीव तबरेज अहमद लगायतका रहेका छ्न । साथै कार्यक्रमका सूचना र सन्देश प्रवाह गर्नका लागि भोलि मोर्चा सम्बद्ध पत्रकारहरुसंग बैठक बसि छलफल गर्ने समेत निर्णय भएको छ ।

 

बैठकमा माओवादी पार्टीका केन्द्रिय सदस्य एवम् जितपुर सिमरा उप महानगरपालिका नगर प्रमुख राजन पैडेल, जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, माओवादीका तर्फबाट रामदरश प्रसाद कुश्वाहा,नेकपा एसका तर्फबाट शंकरलाल कर्ण र बृजलाल पासवान लगायतको उपस्तिथि रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.