logo

गौर हत्या काण्डका दोषीलाई कारवाहीको माँग गर्दै पर्साका प्रजिअ मार्फत प्रधानमंत्रीलाई बुझाइयो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८० सावन २१ गते ०७: ३१ मा प्रकाशित     479   पटक पढिएको

बीरगंज । गौर हत्या काण्डका दोषीहरुलाई पक्राउ गरि कारबाही गर्न माँग गर्दै आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाइएको छ ।

 

गौर काण्डमा मारिएका परिवारका सदस्यले घटनाको १७ वर्ष बितिसक्दा पनि न्यायको अनुभूती गर्न पाएका छैनन । आम जनता पार्टीका नेता बाबुराम कौशीकको नेतृत्वमा गएको टोलीले पीडितहरुलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पनि ज्ञापनपत्र बुझाइएको हो ।

 

वीरगन्ज अगुवा नागरिक समाजले आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

रौतहटको गौरस्थित राइसमिल प्रांगणमा २०६३ साल चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी बिच झडप हुदाँ माओवादीका २८ जना कार्यकर्ता मारिएका थिए । उक्त घटना गौर हत्या काण्डका नामले प्रचलित छ ।


उक्त हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दापनि त्यसमा संलग्नहरुलाई अझैसम्म कारबाही गर्नुका सट्टा राज्यले नै संरक्षण गरेर राखेकोले गौर हत्या काण्डका दोषीहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्न र घटनामा मारिएकाहरुको परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन माग गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको ज्ञापनपत्र बुझाउन गएको टोलीका अगुवा बाबुराम कौशीकले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.