logo

आयो राजीनमा,बिद्यार्थी इन्चार्जको जिम्मेवारी बहन गर्न सक्दिनः बन्जारा

 इसीमाना सम्वाददाता     २०८० सावन २० गते ०९: २४ मा प्रकाशित     717   पटक पढिएको

बीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले नेकपा एमाले पर्साले बिद्यार्थी इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएका छन ।

 

साउन १८ गते पार्टीका जिल्ला अध्यक्ष डा.बिश्वम्भर शर्मालाई सम्बोधन गर्दै उनले राजीनामा बुझाएका हुन । उनले बिद्यार्थी इन्चार्जको जिम्मेवारी अस्वीकार गर्दै राजीनामा गरेका छन । उनले राजीनमा पत्रमा उल्लेख गरेका छन ।

 

नेकपा एमालेको हालै सम्पन्न बैठकले मलाई अनेरास्वबियुको इन्चार्जको जिम्मेवारी दिएको पाए । जिम्मेवारी तोक्नेकाम प्रति धन्यवाद ज्ञापन गर्दछु तर अहिले म फरक जिम्मेवारीमा क्रियाशिल रहेकोले त्यो जिम्मेवारी बहन गर्न नसक्ने जानकारी गराउछु बन्जाराले लेखेको राजीनामापत्रमा उल्लेख छ ।


बन्जारा नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव हुन । पत्रकार महासंघ ठिक यही बेला शुद्धिकरण अभियानमा क्रियाशिल छ । महासंघले तय गरेको मापदण्डलाई कार्यान्वयन गर्ने स्थानमा रहेकोले पनि नेकपा एमालेले तोकेको जिम्मेवारीमा बसेर काम गर्न सक्ने उनको अवस्था छैन । बन्जाराले अनेरास्ववियुको इन्चार्जको भूमिका स्वीकार गर्न नस्कने जनाउ दिदै इन्चार्जबाट राजीनामा दिएको बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.