logo

मुस्लिम साुदायकालागि जनता समाजवादी पार्टी निर्विकल्प छः केन्द्रीय अध्यक्ष देवान

 इसीमाना सम्वाददाता     २०८० सावन २० गते ०८: ५८ मा प्रकाशित     952   पटक पढिएको

बीरगंज । समाजवादी मुस्लिम संघ केन्द्रिय अध्यक्ष नुरुलहोदा देवानले जनता समाजवादी पार्टी मुस्लिम समुदायको हितकोलागि निर्विकल्प पार्टी भएको बताएका छन।

 

संघ पर्सा जिल्ला समितिको पूर्नगठन कार्यक्रमलाई सम्बोधन गर्दै देवानले यस्तो बताएका हुन । देवानले राज्य र पार्टी भित्र मुस्लिम समुदायलाई पूर्ण रुपम ासमानुपातिक र समावेशी प्रतिनिधित्व जसपाले गराउने गरेको उनले बताए ।


जिल्ला समिति पूर्नगठन कार्यक्रमले सलिम मिया अन्सारीको अध्यक्षतामा ५१ सदस्यीय समाजवादी मुस्लिम संघ पर्सा गठन गरेको जनता समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमदले जानकारी दिए ।

संघको उपाध्यक्षमा कलाम मन्सुरि, सदाम हुसेन, सचिव तबरेज खान, उपसचिव मकसुद मिया, कोषाध्यक्ष हुसन नेहरा खातुन र सदस्यहरु अख्तर मिया, शेख कमरुललाई चयन गरेको छ ।

 

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका पर्सा अध्यक्ष रामनरेश यादवले भातृ संगठनहरु पार्टीको मेरुदण्ड भएको बताए । उनले कार्यसमितिलाई बधाई दिदै पार्टीको मेरुदण्डलाई बलियो र सश्क्त बनाउने अभियानमा मुस्लिम संघलाई लाग्न आग्रह गरे ।

 

यादवले पहिलो चरणमा समाजवादी मुस्लिम संघ पर्सालाई गठन गरेको अन्य भातृसंगठनहरुको निर्माण गर्दै जाने बताए ।

 

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार खलिल मिया, जसपा उपाध्यक्ष नागेन्द्र यादव, कोषाध्यक्ष शर्मिला बिष्ट महतो, मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष हसमुदिन देवान, सखुवाप्रसौनी अध्यक्ष प्रदीप जयसवाल, छिपहरमाइ अध्यक्ष इग्रासन सा कलवार, प्रदेश सदस्य दिपक यादव, कार्यकारीणि समिति सदस्य शेष खुर्सेद, जसपा जिल्ला सदस्य मुमताज देवान समाजवादी बिद्यार्थी युनियनका जिल्ला अध्यक्ष एजाजबाबू राकी, जिल्ला सदस्य आबिद हुसेन, विद्यार्थी नेता गोविन्द लगायत सयौंको संख्या मुस्लिम नेता तथा कार्यक्रताहरुको उपास्तिथि रहेको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.