logo

एमाले पर्सा अधिवेशनको तयारीमा नेताहरुको जिम्मेवारी तोकियो

 इसीमाना सम्वाददाता     २०८० सावन १६ गते ०९: ५६ मा प्रकाशित     442   पटक पढिएको

बीरगंज । नेकपा एमाले पर्साले सचिवालय गठन गरेको छ । पार्टीले असोजमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

 

यस अघि २०७८ साल पुष २७ र २८ गते वीरगंजको नगरसभागृहमा आठौ जिल्ला अधिवेशन भएको थियो । बन्दसत्रमा नेतृत्व चयन हुन नसकेपछि बन्दसत्र स्थगित भएको थियो ।

 

पछि ०७८ चैत १९ गते बन्दसत्रको हवाला दिदै जयप्रकाश थारु अध्यक्ष फरमान अन्सारी उपाध्यक्ष मनोज गुप्ता सचिव संजीव मिश्र र प्रदुम्न चौहान उपसचिव पदाधिकारी चयन गरेको थियो ।

 

त्यतीबेला १३५ सदस्यीय जिल्ला कमिटी निर्माण भएको थियो । यो कमिटीले स्थानीय तह तथा संघ र प्रदेशको चुनावमा पार्टी पंक्ति परिचालन गर्न नसकेपछि फाल्गुन ५ मा पार्टी केन्द्रले कमिटीनै बिघठन गरेको थियो ।

 

डा.बिश्वम्भर शर्मालाई संयोजक बनाएर कमिटी घोषणा गरेको थियो । ०८० बैशाख १७ र १८ गते पार्टीको जिल्ला अधिवेशन गर्ने गरि पार्टी जिल्ला बिघठन गरिएको भएतापनि अधिवेशन हुन सकेको थिएन ।

 

अहिले पार्टीले असोजमा अधिवेशन गर्ने भएको छ । अधिवेशन केन्द्रीत काम गर्न सचिवालय तोकिएको र अन्य जिम्मेवारी तय गरिएको पार्टी स्रोतले जनाएको छ ।

 

डा. शर्मा बाहेक अन्य पदाधिकारी सचिवालय सदस्यमा रहेका छन । ३१ सदस्यीय सचिवालय गठन भएको छ । बिभिन्न जनसंगठनका प्रमुखहरु तय गरिएका छन ।

 

प्रेस चौतारीको इन्चार्जमा एल.बि.शेख,खेलकुद महासंघमा शिवजी गुप्ता , मानव अधिकार एलायन्समा संजीव मिश्र पार्टी स्कूल बिभागमा अफजल अन्सारी र जनसंगठन प्रमुखमा मनोज गुप्तालाई जिम्मेवारी दिइएको छ ।

 

पर्सामा २०६२ सालमा जिल्ला अधिवेशन गरेपछि राम्रोसँग अधिवेशन हुन सकेको छैन । ०६७ सालमा एमाले पर्साको पार्टी कार्यालय र नगर सभा गृहमा गरी दुई ठाउँमा पार्टीको अधिवेशन भएको थियो । त्यसपछि ०७८ पुषमा भएको अधिवेशनले पनि पूर्ण कार्यकाल काम गर्न सकेन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.