logo

प्रहरी ज्यादती विरुद्ध बारामा आन्दोलन चर्किंदो, विरोध प्रदर्शनमा हजारौं सहभागी

 लक्ष्मी खरेल     २०८० सावन ६ गते ०२: ०९ मा प्रकाशित     376   पटक पढिएको

कलैया । प्रहरी ज्यादती विरुद्ध बाराको कलैयामा शुक्रबार भएको सर्वदलिय विरोध प्रर्दशनमा हजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् ।

 

प्रहरीले गत मंगलबार साँझ समाजसेवी एवं नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवलाई घण्टौं नियन्त्रणमा राखेर अमानविय तवरले शारीरिक तथा मनसिक यातना दिएको विरोधमा प्रर्दशन भएको हो ।


यादव र नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिव धु्रव यादव उपर भएको प्रहरी दमनको बिरोधमा जारी आन्दोलनको तेश्रो दिन शुक्रबार जनमत पार्टी र नागरिक उन्मुति पार्टीले समेत ऐक्यवद्धता जनाउदै आन्दोलनमा सहभागिता जनाएका थिए ।


रामजानकी मन्दिरबाट निकालिएको बिरोध जुलुशले प्रहरी प्रशासनको बिरोधमा चर्को नाराबाजीका साथ नगरको बिभिन्न भागमा परिक्रमा गरेको थियो । उनीहरुले कलैयाको मुख्य चोक भरत चोकमा टायर बाली प्रर्दशन गर्दै केहीबेर सडकमा बसेर सडक जाम गरेका थिए ।


प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेय र प्रहरी निरिक्षक रुपेश साह सहित घटनामा संलग्न दोषी प्रहरीलाई निलम्वनको माग गर्दै जारी आन्दोलनमा नेकपा एमाले बाहेकका सबै दलले ऐक्यवद्धता जनाएका छन् । शुक्रबार साँझ बसेको सर्वदलिय बैठकमा शनिबार देखि अन्दोलनलाई थप चर्काउने निर्णय भएको नेपाली काँग्रेस बाराका उपसभापति मनोज भट्टले बताए ।


कोणसभामा बोल्दै वक्ताहरुले कानुनी राज्यको उपहास गर्दै नागरिकको बोल्न पाउने अधिकार माथी दमन गर्नु, अनाहकमा कुटपिट गर्नुले प्रहरी मानव अधिकारको ठाडो उल्लंघनमा अग्रसर रहेको पुष्टि हुने बताए ।


तीन साताअघि भएको सवारी दुर्घटनाका विषयमा पीडितका आफन्त र पीडकबीचको छलफल सहजीकरणका लागि गत मंगलबार जिल्ला प्रहरी कार्यालय पुगेका यादवलाई प्रहरीले कुटेर घाइते बनाए पछि प्रहरीको निरंकुशता छताछुल्ल भएको हो । सौहार्दपूर्ण छलफलका विच सब नेता दलाल हुन्, यिनलाई घिसारेर मर्नेगरी पिट्नुपर्छ भन्दै कड्किएका इन्सपेक्टर रुपेश साहको भनाईमा असहमती जनाउँदा आफुले राणाकालिन दमनको सामना गर्नु परेको यादवले बताए ।


यादवले सबै नेता दलाल हुन्नन् इन्सपेक्टर साब भने लगत्तै डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले यो नेता बनेर हामलाई सिकाउने को हो ? थुन सालेलाई कुट् भनेर झोक्कींदै आदेश दिए पछि अति अशिष्ट व्यवहारका साथ इन्स्पेक्टर रुपेश साहलगायतले आफूलाई कुटपिट गरेको यादवले बताए । कुटाइले उनको बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ भने एमआरआईको विहिबारको रिपोर्ट पछी उपचारका लागि चिकित्सकले दिल्ली जान भनेको यादवले बताए ।


हाल उनको उपचार वीरगन्ज १४ बहुअरीस्थित स्पर्श मल्टीस्पेसालिटी अस्पतालमा भइरहेको छ । ५० वर्षीय घाइते भैयाराम महागढीमाई नगरपालिका–७ बेनौली निवासी हुन् ।

 

तीन साताअघि कलैया बघवन सडकमा पिकअप भ्यानले ठक्कर दिएपछि महागढीमाई नगरपालिका–७ बेनौली गाउँका २० बर्षीय सुनिल यादव घाइते भएका थिए । एलएस न्युरो अस्पताल विरगञ्जमा उपचाररत पीडितलाई पीडकबाट उपचार खर्च भराउने विषयमा प्रहरीमा हुँदै गरेको छलफलमा सहजिकरण गर्न भैयाराम त्यहाँ पुगेका थिए ।


छानविन समिति गठन, दोषी देखिए कार्वाही हुन्छ–प्रहरी उपरिक्षक


जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले आफ्नो अनुपस्थितिमा सो घटना भएको बताउँदै घटनामा प्रहरी पक्षबाट कमजोरी भएको स्विकारेका छन् । घटनाको छानविनका लागि मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यिय समिति गठन गरेर छानविन शुरु गरेको उनले बताए ।


छानविनमा दोषी देखिए उनीहरुमाथि कार्वाही गरिने बताउँदै उनले तत्कालका लागि कार्यवाही स्वरुप डिएसपी पाण्डेय र प्रहरी निरिक्षक साहलाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको जानकारी दिए ।

यसैविच दोषी प्रहरीद्धयको निलम्बनको माग सहित प्रहरीमा मुद्धा दर्ता गरिएको छ । महागढीमाई नगरपालिकाका राजनैतिक सल्लाहाकार समेत रहेका यादब उपर कुटपिटको बिरोध गर्दै महागढिमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले मुद्धा दर्ताका लागि निबेदन दिएका हुन् ।

प्रहरीले दुवैलाई आन्तरिक छानविन र सरुवा गरेपनि निलम्बन नगरेसम्म आन्दोलन जारी राख्ने नगरप्रमुख यादव लगाएतका नेताहरुले बताएका छन् ।


तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.