logo

मधेशको आर्थिक रुपान्तरणका लागि वृहत्तर योजना ल्याउदै एमाले

 इसीमाना सम्वाददाता     २०८० सावन २ गते १०: ५९ मा प्रकाशित     655   पटक पढिएको

जनकपुर । नेकपा एमाले मधेश प्रदेश कमिटीको सचिवालय वैठकले मधेशको आर्थिक रुपान्तरणका लागि वृहत्तर योजना ल्याउने निर्णय गरेको छ ।

 

मंगलवार अपरान्ह जनकपुरधाममा सम्पन्न वैठकले पोलिटव्युरो सदस्य जुलि महतोको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञको संम्लग्नता रहने गरि योजना निर्माण समिती वनाएको हो ।


वैठकलाई सम्वोधन गर्दै मधेश प्रदेश कमिटीका इन्चार्ज एवं नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले यो देशमा आफ्नो पार्टीले मात्र आमुल परिवर्तन गर्न सक्ने दावी गरे ।

 

‘‘नेकपा एमालेले मात्र यो देशको आमुल परिवर्तन गर्न सक्छ भन्ने धेरै उदाहरण छन, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी देखि केपी शर्मा ओलीसम्मका अवधिमा परिवर्तनको झल्को दिने पार्टी एमाले नै हो भन्ने आम जनतामा विश्वास भएको उनको भनाई थियो । नेता भट्टराईले मधेश प्रदेश विकसित हुन्छ, यहाँ आमुल परिवर्तन संभव छ, त्यसको योजना नेकपा एमालेले नै चाडै ल्याउने बताए ।


मधेश प्रदेश कमिटीका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा भएको वैठकले विभिन्न नौ वटा निर्णय गरेको मधेश प्रदेशको लागि केन्द्रीय प्रचार संयोजक अरविन्द सिंहले जानकारी दिए ।


वैठकले बिभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताको ब्यबस्थापन गर्न पोलिटव्युरो सदस्य सुमन प्याकुरेलको संयोजकत्वमा प्रदेश उपाध्याक्ष रेवती पन्त र जिल्ला ईन्चार्ज एवं अध्यक्ष रहेको एक कार्यदल गठन गरेको छ ।


मिथिला पार्टी भवन निर्माणका लागि पोलिटव्युरो सदस्य लिला श्रेष्ठको संयोजकत्वमा जुली महतो, उमाशंकर अरगरीया, राम अवतार यादब, सरोज यादब, दीपेन्द्र ठाकुर, मनोज खड्का, राजकिशोर यादव र अशोक केसी रहेको समिति गठन गरिएको पार्टीले जनाएको छ ।
यस्तै आउंदो असोज ५ र ६ गते जनकपुरमा आयोजना गरिने पार्टीको मधेश प्रदेश अधिबेशनको उदघाटन गर्न अध्यक्ष केपी ओलीलाई निमन्त्रणा दिने वैठकले निर्णय गरेको छ ।

 

अधिवेशनको तयारीका लागि बिभिन्न उप समितिहरु गठन गरिएको पार्टीले जनाएको छ ।


पार्टी सदस्यताको नविकरण तथा नयाँ सदस्यता आवेदन उत्साहजनक रुपमा अघि वढेको दावी गर्दै वैठकले सन्तोष व्यक्त गरेको छ । आगामी साउन १५ सम्म सदस्यताको अभिलेखिकरण र प्रमाणीकरणको जिम्मेवारी अध्यक्ष राम अवतार यादब र जिल्ला संगठन बिभाग प्रमुखहरुलाई प्रदान गरिएको वताईएको छ ।


वैठकले अधिवेशन गर्न बाँकी जनसंगठनहरुको प्रदेश अधिवेशन भाद्र २० गते भित्र र जिल्ला अधिवेशन मंसिर भित्र गर्न निर्देशन गरेको छ । २०८० चैत्र भित्रमा प्रदेश कमिटी, आठवटा जिल्ला कमिटी, १ सय ३६ पालिका कमिटी, १ हजार २ सय ७१ वडा कमिटी र ११ हजार ४ सय ३९ वटा टोल कमिटीको अधिवेशन, गठन वा पुनर्गठन गर्ने महत्वाकांक्षी लक्ष्य एमालेले राखेको छ ।


वैठकले बडा तहसम्म पार्टी कार्यालय स्थापना गरि जनगुनासा सुन्ने र प्रदेश, जिल्ला, पालिका र वडातहसम्म आवासीय प्रशिक्षण संचालन गर्ने निर्णय गरेको पार्टीले जानकारी दिएको छ ।


वैठकमा मधेश प्रदेशका ८ वटै जिल्लाका प्रदेश सचिवालय सदस्य र पार्टी नेताहरुको सहभागिता थियो । केही दिन पहिले मधेश प्रदेश कमिटीमा सचिव योगेश भट्टराई इन्चार्ज भएपछि संगठन निर्माण कार्यलाई तिव्रता दिदै आएका छन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.