logo

मधेशको आर्थिक रुपान्तरणका लागि वृहत्तर योजना ल्याउदै एमाले

 इसीमाना सम्वाददाता     २०८० सावन २ गते १०: ५९ मा प्रकाशित     559   पटक पढिएको

जनकपुर । नेकपा एमाले मधेश प्रदेश कमिटीको सचिवालय वैठकले मधेशको आर्थिक रुपान्तरणका लागि वृहत्तर योजना ल्याउने निर्णय गरेको छ ।

 

मंगलवार अपरान्ह जनकपुरधाममा सम्पन्न वैठकले पोलिटव्युरो सदस्य जुलि महतोको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञको संम्लग्नता रहने गरि योजना निर्माण समिती वनाएको हो ।


वैठकलाई सम्वोधन गर्दै मधेश प्रदेश कमिटीका इन्चार्ज एवं नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले यो देशमा आफ्नो पार्टीले मात्र आमुल परिवर्तन गर्न सक्ने दावी गरे ।

 

‘‘नेकपा एमालेले मात्र यो देशको आमुल परिवर्तन गर्न सक्छ भन्ने धेरै उदाहरण छन, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी देखि केपी शर्मा ओलीसम्मका अवधिमा परिवर्तनको झल्को दिने पार्टी एमाले नै हो भन्ने आम जनतामा विश्वास भएको उनको भनाई थियो । नेता भट्टराईले मधेश प्रदेश विकसित हुन्छ, यहाँ आमुल परिवर्तन संभव छ, त्यसको योजना नेकपा एमालेले नै चाडै ल्याउने बताए ।


मधेश प्रदेश कमिटीका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा भएको वैठकले विभिन्न नौ वटा निर्णय गरेको मधेश प्रदेशको लागि केन्द्रीय प्रचार संयोजक अरविन्द सिंहले जानकारी दिए ।


वैठकले बिभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताको ब्यबस्थापन गर्न पोलिटव्युरो सदस्य सुमन प्याकुरेलको संयोजकत्वमा प्रदेश उपाध्याक्ष रेवती पन्त र जिल्ला ईन्चार्ज एवं अध्यक्ष रहेको एक कार्यदल गठन गरेको छ ।


मिथिला पार्टी भवन निर्माणका लागि पोलिटव्युरो सदस्य लिला श्रेष्ठको संयोजकत्वमा जुली महतो, उमाशंकर अरगरीया, राम अवतार यादब, सरोज यादब, दीपेन्द्र ठाकुर, मनोज खड्का, राजकिशोर यादव र अशोक केसी रहेको समिति गठन गरिएको पार्टीले जनाएको छ ।
यस्तै आउंदो असोज ५ र ६ गते जनकपुरमा आयोजना गरिने पार्टीको मधेश प्रदेश अधिबेशनको उदघाटन गर्न अध्यक्ष केपी ओलीलाई निमन्त्रणा दिने वैठकले निर्णय गरेको छ ।

 

अधिवेशनको तयारीका लागि बिभिन्न उप समितिहरु गठन गरिएको पार्टीले जनाएको छ ।


पार्टी सदस्यताको नविकरण तथा नयाँ सदस्यता आवेदन उत्साहजनक रुपमा अघि वढेको दावी गर्दै वैठकले सन्तोष व्यक्त गरेको छ । आगामी साउन १५ सम्म सदस्यताको अभिलेखिकरण र प्रमाणीकरणको जिम्मेवारी अध्यक्ष राम अवतार यादब र जिल्ला संगठन बिभाग प्रमुखहरुलाई प्रदान गरिएको वताईएको छ ।


वैठकले अधिवेशन गर्न बाँकी जनसंगठनहरुको प्रदेश अधिवेशन भाद्र २० गते भित्र र जिल्ला अधिवेशन मंसिर भित्र गर्न निर्देशन गरेको छ । २०८० चैत्र भित्रमा प्रदेश कमिटी, आठवटा जिल्ला कमिटी, १ सय ३६ पालिका कमिटी, १ हजार २ सय ७१ वडा कमिटी र ११ हजार ४ सय ३९ वटा टोल कमिटीको अधिवेशन, गठन वा पुनर्गठन गर्ने महत्वाकांक्षी लक्ष्य एमालेले राखेको छ ।


वैठकले बडा तहसम्म पार्टी कार्यालय स्थापना गरि जनगुनासा सुन्ने र प्रदेश, जिल्ला, पालिका र वडातहसम्म आवासीय प्रशिक्षण संचालन गर्ने निर्णय गरेको पार्टीले जानकारी दिएको छ ।


वैठकमा मधेश प्रदेशका ८ वटै जिल्लाका प्रदेश सचिवालय सदस्य र पार्टी नेताहरुको सहभागिता थियो । केही दिन पहिले मधेश प्रदेश कमिटीमा सचिव योगेश भट्टराई इन्चार्ज भएपछि संगठन निर्माण कार्यलाई तिव्रता दिदै आएका छन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.