logo

सामुदायिक विद्यालयमा अनुसन्धानमुलक शिक्षाको शुरुवात मन्त्री अन्सारीले गरे उद्घाटन

 इसीमाना सम्वाददाता     २०८० सावन १ गते ०७: ५६ मा प्रकाशित     452   पटक पढिएको

बीरगंज ।मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारीको अथक प्रयासले सामुदायिक विद्यालय हरपतगंज—२० र बहुअरी बीरगंज—१४ स्थित उम्मे कुलसुम लिलबनात (कन्या विद्यालय) विद्यालयमा अनुसन्धानमुलक शिकाई केन्द्र संचालनमा आएको छ ।

 

पर्सा जिल्लाको हरपतगंजको सामुदायिक विद्यालय तथा बहुअरीको कन्या विद्यालय (बनात) मा अनुसन्धानमुलक शिकाई केन्द स्थापना गरिएको हो ।

आधुनिक कक्षा संचालनको उदघाटन अन्सारीले गरे । उनले शिकाई केन्द्रको संचालन सानो काम भएको चर्चा गर्दा अगामी दिनमा ठुल ठुला कामहरु गरेर शिक्षामा गुणात्मक परिर्वतन ल्याइने बताए ।

मधेश प्रदेशमा पहिलो पल्ट यस्ता आधुनिक कक्षा संचालन भएको छ । आधुनिक शिक्षाको पहुचबाहिर रहेका आम जनताका सन्तानलाई आधुनिक शिक्षाको पहुचमा पुर्याउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएको छ ।

 

केन्द्रको संचालनले सरकारी विद्यालयमा अनुसन्धानमुलक सिकाई केन्द्रको संचालनका माध्यमले गाँउघरका गरिब, जेहेन्दार विद्यार्थीहरुलाई गुणत्मक शिक्षा दिएर आत्मनिर्भर बनाउने दिशामा फ्डको मार्ने प्रयास भएको स्थानीय बुद्धिजीवीको बुझाई छ ।

 

मंत्री अन्सराीले गरिब किसानका छोराछोरी पनि आधुनिक शिक्षाको माध्यमले सबैसंग प्रतिस्पर्धा गर्न सकुन भन्ने अभिप्रायले आधुनिक प्राविधिक कक्षा संचालनमा ल्याएको स्पष्ट पारे ।

 

यसबाट विद्यार्थी र शिक्षक दुवैले परम्परागत शिक्षण विधिहरू भन्दा बाहिर गएर प्रयोगात्मक शिक्षा, गतिविधिहरू, र प्रविधि र अन्य नवीन उपकरणहरूको प्रयोगमा आफुलाई केन्द्रित गरी गुणस्तरीय शिक्षा हासिल गर्नेछन्।

मधेश प्रदेशमा थुप्र्रै नेता र विद्वानहरु रहेका छन् तर कसैले गाउँ घरका र गरिब जनताका बालबालिकाका लागि आधुनिक कक्षा संचालनमा नल्याएको दुखेसो पोख्दै मंत्री अन्सराीले भने“ मेरो कार्यकालमा जति सक्छु गाँउ तथा शहरका सरकारी विद्यालयहरुमा यस्ता खाले पुर्ण आधुनिक प्राविधिक सहितका कक्षा संचालनमा ल्याएर शैक्षिक सुधारमा सधै तत्पर रहने छु ”।


कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं २० का वडाध्यक्ष रामकिशोर सिंह,नेपाल शिक्षक महासंघका अध्यक्ष तिर्थराज यादव लगायतको सहभागिता रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.