logo

बहुदरमाईमा सार्वजनीक सुनवाई सम्पन्न, १३ महिना पछि जनप्रतिनिधि र नागरिक आमने सामने

 इसीमाना सम्वाददाता     २०८० असार ३१ गते ०८: ५८ मा प्रकाशित     547   पटक पढिएको

बीरगंज । बहुदरमाई नगरपालिकाको वडा न ७ फूलकवल टोलमा रहेको नेपाल प्रथामिक बिद्यालयको प्राङगणमा आइतवार सार्वजनीक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

 


बहुदरमाईनगरपालिकाको आयोजना र सहयोगी नेपालको सहजीकरणमा सम्पन्न भएको सार्वजनकी सुनवाई कार्यक्रममा नागरिकले जनताको चासोका बिषयहरुमा सवाल गरेका थिए ।

 

कार्यक्रममा नागरिकको चासो र सवालको बिषयमा नगरप्रमुख सिगासन साह तेली उपप्रमुख सुष्मा कुशवाहा र प्रमुख प्शासकीय अधिकृत शेरे मुस्ताफाले जवाफ दिएका थिए ।


नागरिकले भोग्दै आएका समस्याहरुको बारेमा आपना सवाल उठाएका थिए । बिकास निर्माणका कामका सन्र्दभमा पनि उनीहरुको प्रश्न थियो । किसानले मल नपाएको कुरा प्रमुख सवालको रुपमा उठेको थियो। समस्यामा परेका बिरामी भएका गरिव नागरिकले सहयोगको याचना गरेका थिए । बिभिन्न परियोजना अन्र्तगत भएका कामको भूक्तानी नपाएको नागरिकको गुनासो थियो ।

No description available.
गुनासाहरुको सम्बोधन गर्दै नगरप्रमुख तेलीले नगरपालिका जनताको सेवामा सर्मित रहेको बताए । उनले जनताले उठाएका सबै समस्याहरुको हलका लागि पहल गरिने प्रतिवद्धता जनाए ।

मलखादको बिषयमा आफूहरुले कोटा अनुसार पाउने मल बितरण गएिको थप मल पाउनकालागि पहल जारी राखेको जानकारी दिए । पशु शाखा मार्फत नाथ निर्माणको काममा भएको भूक्तानी नगएको बिषयमा चर्चा गर्दै प्रमुख साहले त्यस बिषयमा सम्बन्धीत शाखाले काम गर्दै गरेको त्यो छिटै भूक्तानीको ब्यवस्था मिलाइने बताए ।


उनले बिकास निर्माणको काममा पारदर्शीता कायम गर्न नगरपालिकाले काम गर्दै गरेको बताए ।


कार्यक्रम सोही वडाका वडाध्यक्ष बीरेन्द्र यादवको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडाध्यक्ष पुनीलाल साह, जितेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा पत्रकार के.सी.लमिछानेले नागरिक प्रतिवेदन तथा बहिरगमन प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनीक सुनवाईको आवश्यकता र महत्वका बिषयमा प्रकाश पारेका थिए । कार्यक्रमको संचालन पत्रकार राजेन्द्र सिहंले गरेका थिए भने स्वागत जितेन्द्र गिरीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.