logo

शुद्धिकरणमा बदनियत नराख्न प्रेस सम्बद्ध संगठनहरुको माँग, आवश्यक कारवाहीकालागि प्रदेशलाई ज्ञापन

 इसीमाना सम्वाददाता     २०८० असार २४ गते ०९: ५० मा प्रकाशित     529   पटक पढिएको

बीरगंज ।नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणको वैधानिकतामाथि पर्साका तीनवटा पत्रकार संगठनले प्रश्न उठाएका छन् ।

 

नेपाल पत्रकार महासंघले देशभर पत्रकारहरुको शुद्धिकरण, नविकरण र नयाँ सदस्यता सम्बन्धी मापदण्ड निर्धारण गरेर महासंघका शाखा तथा प्रदेशहरुलाई समयमा सदस्यताको टुंगो लगाउन भनिएपनि पत्रकार महासंघ पर्सा शाखाले शुद्धिकरण र नविकरणमा बदनियत राखेर काम गरेको भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाएका हुन् ।

 

नेपाल प्रेस युनियन, प्रेस सेण्टर नेपाल र समाजवादी प्रेस संगठनले पत्रकार महासंघ पर्सा शाखाले गरेको शुद्धिकरणको वैधानिकतामाथि प्रश्न गर्दै संयुक्त रुपमा नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

 

युनियनका पर्सा अध्यक्ष विजय चौहान, सेण्टरका पर्सा अध्यक्ष दीपक गौतम र समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले संयुक्त हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र आज नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका महासचिव श्याम बञ्जारालाई बुझाएका हुन् ।

 

साथै तीनवटै संगठनले पत्रकार महासंघ पर्साले गरेको निर्णय आधिकारिक रुपमा सार्वजनिक नभई व्यक्तिले कुनै अमुक सूचना मार्फत सार्वजनिक गरेको प्रतिपनि गम्भीर ध्यानकर्षण भएको जनाउदै कारवाहीको माग गरेको छ ।

 

उनीहरुले पत्रकार महासंघ पर्साले गरेको सांगठनिक निर्णयको संस्थागत रुपमा जानकारी हुनुपर्ने वा सार्वजनिक गर्नुपर्नेमा संगठनको गोपनीयता नै भंग गर्ने खालको व्यक्ति मार्फत बैठकको निर्णय पुस्तिकामा भएका निर्णयहरु नै अमुक माध्यमबाट सार्वजनिक हुनुले संस्थाको गोपनीयतामाथि नै गम्भीर प्रश्न उठेको र निर्णय सार्वजनिक गर्ने अनाधिकृत व्यक्तिको पहिचान गरी कारवाही गर्न माग समेत गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.