logo

एमाले विना विकास र सम्वृद्धिको यात्रा अधुरो रहन्छः एमाले सचिव भट्टराई

 इसीमाना सम्वाददाता     २०८० असार १८ गते ०९: १८ मा प्रकाशित     675   पटक पढिएको

बर्दीवास । नेकपा एमालेले मधेश प्रदेशमा आक्रामक ढंगले पार्टी संगठनका कामलाई अगाडि वढाउने निर्णय गरेको छ ।

 

पार्टीका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले आज महोत्तरीको वर्दीवासमा उद्घाटन गरेको मधेश प्रदेश कमिटीको पुर्ण वैठकले यस्तो निर्णय गरेको हो ।


वैठकलाई सम्वोधन गर्दै भट्टराईले नेकपा एमालेले केन्द्र र मधेश प्रदेशमा सुविधाजनक वहुमतको सरकार नवनाई मधेशको विकास र सम्वृद्धिको यात्रा अधुरै रहने धारणा राखे । उनले नेकपा एमाले दक्षिण एसियाकै सवै भन्दा चुस्त संगठन र सवै भन्दा व्यवस्थित पार्टी भएको विभिन्न अध्ययनले देखाएको दावी गरे ।


भट्टराईले उर्वर माटो र श्रुजनसिल जनशक्ति भएको मधेशमा एमाले मात्र उचित राजनैतीक नेतृत्व दिन सक्ने वताए । उनले नेपालको परराष्ट्र नीति, राष्ट्रियता र विकासको सहि मार्ग एमालेसँग मात्र रहेको तर्क गरे ।


भट्टराईले पार्टीको लोकप्रिय नेता हुन जनतासँग रम्न सक्नु पर्ने भएको तथ्य सवै एमालेजनले वुझुनु पर्ने बताए । उनले स्मार्ट फोन जसले वोक्छ त्यसको हातमा नै एमालेको भरपुर सामाग्री भएकाले प्रविधिको समुचित सदुपयोग गर्न सुझाए ।


मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा भएको वैठकले मधेश प्रदेश कमिटीको अधिवेशन आगामी असोज ५ र ६ गते जनकपुरधाममा गर्ने निर्णय गरेको छ ।

 

यस्तै वैठकले सदस्यता नविकरणको काम असार २५ गतेसम्म सक्ने, असार भरिमा मधेश प्रदेशका आठ वटै जिल्लाको वैठक सम्पन्न गर्ने, नयाँ सदस्यता प्रदान भदौ १५ सम्म गरिसक्ने, आगामी भदौ २० गते जनसंगठन र पुस महिनासम्म पार्टी तथा सवै स्थानीय कमिटीको अधिवेशन सक्ने निर्णय गरेको छ ।


जनकपुरधाममा हुने अधिवेशनको लागि विभिन्न उप समिती पनि वैठकमा घोषणा गरिएको छ ।
वैठकमा स्कुल विभाग संयोजक पुरुषोत्तम पौडेल, प्रचार संयोजक अरविन्द सिंह र जनसंगठन संयोजक सरोज यादवले भदौसम्मको लागि आआफ्ना विभागका कार्ययोजना पेश गरेका छन।


वैठकमा मधेश प्रदेशका आठ जिल्लाका इन्चार्ज, पार्टी मधेश प्रदेशका केन्द्रीय सदस्य, संघिय एवं प्रदेश सांसद, विभिन्न केन्द्रीय विभाग जिम्मेवार नेता सहित प्रदेश कमिटीका सदस्यको सहभागीता थियो ।


वैठकमा प्रदेश उपाध्याक्ष रेबती पन्तले निर्णय भएका विषय र उपसचिव आरती भण्डारीले विभिन्न प्रस्तावहरु वाचन गरेका थिए ।
वैठकले विभिन्न प्रस्ताव पारित गर्दै कृषकलाई रासायनिक मलको व्यवस्था गर्न, प्राकृतिक श्रोतको दोहन रोक्न, प्राकृतिक प्रकोपवाट हुन सक्ने क्षती न्युनिकरणका काम गर्न, सुकुम्वासीका समस्या समाधान गर्न, घरेलु हिंसा, महिला एवं अन्य प्रकारका विभेद रोक्न, एमाले कार्यकर्ता एवं विभिन्न सोधासिधा जनतालाई झुटामुद्दा लगाएकोले फिर्ता लिन, विगतमा एमाले सरकारले मधेशमा ल्याएको विकास योजनाहरुलाई निरन्तरता दिन, काठमाडौ तराई द्रुतमार्ग चाडो वनाउन आदि विषयमा ध्यानाकर्षण गराएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.