logo

एमाले विना विकास र सम्वृद्धिको यात्रा अधुरो रहन्छः एमाले सचिव भट्टराई

 इसीमाना सम्वाददाता     २०८० असार १८ गते ०९: १८ मा प्रकाशित     479   पटक पढिएको

बर्दीवास । नेकपा एमालेले मधेश प्रदेशमा आक्रामक ढंगले पार्टी संगठनका कामलाई अगाडि वढाउने निर्णय गरेको छ ।

 

पार्टीका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले आज महोत्तरीको वर्दीवासमा उद्घाटन गरेको मधेश प्रदेश कमिटीको पुर्ण वैठकले यस्तो निर्णय गरेको हो ।


वैठकलाई सम्वोधन गर्दै भट्टराईले नेकपा एमालेले केन्द्र र मधेश प्रदेशमा सुविधाजनक वहुमतको सरकार नवनाई मधेशको विकास र सम्वृद्धिको यात्रा अधुरै रहने धारणा राखे । उनले नेकपा एमाले दक्षिण एसियाकै सवै भन्दा चुस्त संगठन र सवै भन्दा व्यवस्थित पार्टी भएको विभिन्न अध्ययनले देखाएको दावी गरे ।


भट्टराईले उर्वर माटो र श्रुजनसिल जनशक्ति भएको मधेशमा एमाले मात्र उचित राजनैतीक नेतृत्व दिन सक्ने वताए । उनले नेपालको परराष्ट्र नीति, राष्ट्रियता र विकासको सहि मार्ग एमालेसँग मात्र रहेको तर्क गरे ।


भट्टराईले पार्टीको लोकप्रिय नेता हुन जनतासँग रम्न सक्नु पर्ने भएको तथ्य सवै एमालेजनले वुझुनु पर्ने बताए । उनले स्मार्ट फोन जसले वोक्छ त्यसको हातमा नै एमालेको भरपुर सामाग्री भएकाले प्रविधिको समुचित सदुपयोग गर्न सुझाए ।


मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा भएको वैठकले मधेश प्रदेश कमिटीको अधिवेशन आगामी असोज ५ र ६ गते जनकपुरधाममा गर्ने निर्णय गरेको छ ।

 

यस्तै वैठकले सदस्यता नविकरणको काम असार २५ गतेसम्म सक्ने, असार भरिमा मधेश प्रदेशका आठ वटै जिल्लाको वैठक सम्पन्न गर्ने, नयाँ सदस्यता प्रदान भदौ १५ सम्म गरिसक्ने, आगामी भदौ २० गते जनसंगठन र पुस महिनासम्म पार्टी तथा सवै स्थानीय कमिटीको अधिवेशन सक्ने निर्णय गरेको छ ।


जनकपुरधाममा हुने अधिवेशनको लागि विभिन्न उप समिती पनि वैठकमा घोषणा गरिएको छ ।
वैठकमा स्कुल विभाग संयोजक पुरुषोत्तम पौडेल, प्रचार संयोजक अरविन्द सिंह र जनसंगठन संयोजक सरोज यादवले भदौसम्मको लागि आआफ्ना विभागका कार्ययोजना पेश गरेका छन।


वैठकमा मधेश प्रदेशका आठ जिल्लाका इन्चार्ज, पार्टी मधेश प्रदेशका केन्द्रीय सदस्य, संघिय एवं प्रदेश सांसद, विभिन्न केन्द्रीय विभाग जिम्मेवार नेता सहित प्रदेश कमिटीका सदस्यको सहभागीता थियो ।


वैठकमा प्रदेश उपाध्याक्ष रेबती पन्तले निर्णय भएका विषय र उपसचिव आरती भण्डारीले विभिन्न प्रस्तावहरु वाचन गरेका थिए ।
वैठकले विभिन्न प्रस्ताव पारित गर्दै कृषकलाई रासायनिक मलको व्यवस्था गर्न, प्राकृतिक श्रोतको दोहन रोक्न, प्राकृतिक प्रकोपवाट हुन सक्ने क्षती न्युनिकरणका काम गर्न, सुकुम्वासीका समस्या समाधान गर्न, घरेलु हिंसा, महिला एवं अन्य प्रकारका विभेद रोक्न, एमाले कार्यकर्ता एवं विभिन्न सोधासिधा जनतालाई झुटामुद्दा लगाएकोले फिर्ता लिन, विगतमा एमाले सरकारले मधेशमा ल्याएको विकास योजनाहरुलाई निरन्तरता दिन, काठमाडौ तराई द्रुतमार्ग चाडो वनाउन आदि विषयमा ध्यानाकर्षण गराएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.