logo

एमाले सचिव भट्टराई माथि इलाममा आक्रमण प्रयास, एमालेले गर्यो निन्दा

 इसीमाना सम्वाददाता     २०८० असार १४ गते ०८: ३१ मा प्रकाशित     520   पटक पढिएको

काठमाडौं ।नेकपा एमालेका सचिव ताप्लेजुङबाट प्रतिनिधि सभाका सदस्य रहेका एवं अहिले पार्टीको मधेश प्रदेशका इनचार्ज योगेश भट्टराईमाथि इलाममा आक्रमणको प्रयास भएको छ ।

 

कोशी प्रदेश नामाकरणको विषयलाई लिएर पहिचानवादीहरुले एमाले सचिव योगेश भट्टराईमाथि आक्रमणको प्रयास गरेका हुन ।

 

७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई इलाम बजारमा उनीहरुले कालो झण्डा देखाएका हुन् ।

 

पहिचानवादीहरुले योगेश भट्टराई मुर्दावाद, पहिचान विरोध होसियार, कोशी प्रदेश मान्दैनौंलयायतको नारा लगाएका थिए ।

 

एमाले नेतृत्वको सरकारले प्रदेशको नाम कोशी राखेको थियो । कोशी नामाकरणकालागि प्रदेश सभामा रहेका सबै दलको समर्थन थियो ।

 

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र राप्रपा लगायतका दलहरुले समर्थन गरेपछि मात्र दुईतिहाईका आधारमा प्रदेशको नाम कोशी राखिएको थियो ।

 

तर पछिल्ला दिनमा एमाले नेताहरुमाथि आक्रमणको प्रयास भइरहेको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि पहिचानवादीहरुले पटक पटक आक्रमणको प्रयास गरेका थिए ।

यसैवीच नेकपा एमालेको प्रचार बिभागले एक बिज्ञप्ति जारी गर्दै नेकपा (एमाले) का सचिव योगेश भट्टराई लाई इलाम बजारमा केही उच्छृङ्खल व्यक्तिहरूले अभद्र व्यवहार गरेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


संविधान र कानुनी व्यवस्था अनुसार प्रदेश सभाको दुईतिहाई बहुमतबाट भएको कोशी प्रदेश नामाकरणमा असहमति राख्ने समूहले नेकपा (एमाले) र यसका नेताहरूलाई विगत केही महिनादेखि गरिरहेको आक्रमण प्रयासको पछिल्लो श्रृङ्खलाका रूपमा आज इलाममा सचिव भट्टराईमाथि गरिएको अभद्र व्यवहारको नेकपा (एमाले) निन्दा र भर्सना गर्दछ भनिएको छ।


प्रभार भिागका सचिव गगन बिष्टढारा जारी बिज्ञप्तिमा प्रदेश सभाबाट गरिएको कोशी प्रदेश नामाकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन हुनसक्दैन भन्नेतर्फ उक्त समूहलाई हाम्रो पार्टी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ भनिएको छ । साथै, हिंसात्मक गतिविधि नियन्त्रणमा देखिएको सरकारको उदासिनताप्रति गम्भीर आपत्ति प्रकट गर्दछ बिज्ञप्तिमा उल्लेख छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.