logo

वीरगंज महानगरले पेश गर्यो सवा तीन अर्वको बजेट, पत्रकारलाई भत्ताको ब्यवस्था,अलौमा संग्राहलय बन्ने

 इसीमाना सम्वाददाता     २०८० असार ६ गते ०८: ३९ मा प्रकाशित     630   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजारको बजेट प्रस्तुत गरेको छ ।

चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत, पुजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत बिनियोजन गरिएको छ ।

महानगरपालिकाले बजेट मार्फत बीरगंज महानगरपालिकामा रहेको अलौमा ऐतिहासिक संगा्रहलय निर्माणकालागि २० लाख बिनियोजन गरेको छ । अलौ राजा राजेन्द्र बिक्रम शाहको पालामा क्षणीक राजधानीको रुपमा रहेको थियो । जङ्गबहादुर राणााको हातबाट सत्ता फर्काउन गरिएको सैनिक विद्रोहको प्रयास अलौ मै गरिएको थियो ।

 

यद्धपी जंगबहादुरका सेनाले राज राजेन्द्रबिक्रम शाहको सेनालाई पराजीत गरि स्वंय राजालाई बन्दी बनाएर काठमाण्डौ लेको थियो । यो बि.स.१९०४ को साउनमा भएको थियो । त्यही अलौमा संगा्रहालय निर्माण गर्ने यो बजेटको नयाँ कार्यक्रम हो ।

वीरगञ्ज महानगरपालिकाले वीरगञ्जलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने नीति अवलम्वन गर्ने भएको छ । महानगरपालिकाको १३ औ अधिवेशनमा नगर प्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वीरगञ्जलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने उल्लेख गरिएको हो ।

त्यसैगरि आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रुपबाट उपलब्ध गराउन नगर अन्तर्गतका सबै स्वास्थ्य चौकीहरुमा विशेषज्ञ सहितको सेवा सञ्चालन गर्न ३ करोड ७५ लाख रकम विनियोजन गरिएको छ ।

महानगरपालिकाले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सामुदायिक विद्यालय शिक्षक स्वयंसेवक कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वयंसेवक शिक्षक कार्यक्रमका लागी महानगरपालिकाले ४ करोड ७५ लाख विनियोजन गरेको छ ।

जिल्ला समन्वय समिति सँगको लगानी साँझेदारीमा पूर्वाधार अभाव भएका विद्यालयहरुमा भवन तथा फर्निचर पूर्वाधार निर्माण गरिने, उद्योगी व्यवसायी एवं कर्पोरेट घरानाहरुलाई १र१ वटा सामुदायिक विद्यालय संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अङ्गीकार गरी शिक्षा पूर्वाधार एवं शिक्षण सामाग्रीहरुको प्रबन्ध गर्न प्रेरित गरिने नीति महानगरले बनाएको छ । आगामी आर्थिक बर्षका लागि शिक्षा क्षेत्रमा १२ करोड २० लाख बजेट छुट्टाएको छ ।


वीरगञ्जको सरसफाईलाई प्रभावकारी रुपमा अगाडी बढाउन वडा कार्यालयहरुलाइ जिम्मेवार बनाइने र आगामी आर्थिक बर्षका लागि खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रकम खर्च गर्ने अनुमान गरिएको छ ।

महानगरले अन्तर वडाहरु जोड्‍ने शहरी सडकको कम्तीमा ३० फिट मापदण्ड तोकी सुरक्षित एवं गुणस्तरीय यातायात पूर्वाधार विकास गर्दै ग्रामीण वडाहरुलाई आधुनिक शहर केन्द्रसँग सञ्जालीकृत गर्ने भएको छ । महानगरपालिकाले यातायात पूर्वाधार क्षेत्रमा ५९ करोड रकम विनियोजन गरेको छ ।
महानगरले यस पटकको बजेट मार्फत पत्रकारहरुलाई भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । आजीवन पत्रकारिताका गरेका अग्रज पत्रकारहरुलाई भत्ताको ब्यवस्था गर्ने कुरा महानगरको नयाँ नीति हो ।


महानगरले पेश गरेको बजेटको स्रोत परिचालनमा भने महत्वकांक्षी योजना पेश गरेको छ । चालु आर्थिक वर्षको अनत्य सम्ममा ७० करोड राजस्व परिचालन हुने संशोधीत अनुमान रहेको छ ।

 

अहिले सम्म ४० करोडको हाराहारीमा राजस्व परिचालन भएको छ । चालु आर्थिक वर्षको बाँकी अवधिमा ३० करोडको राजस्व परिचालन चुनौतीपूर्ण छ ।

 

आर्थिक वर्ष ८०/८१ का लागि भने राजस्व परिचालनको अंक १ अर्व २० करोड रुपैयाको लक्ष्य तोकिएको छ । जसरको यर्थाथपरक आधार भने बजेटले प्रस्तुत गर्न सकेको छैन ।

आगामी आर्थिक वर्षको लागि अनुगमान गरिएको खर्च व्यहोर्ने श्रोतहरुमध्ये आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, सङ्‍घीय राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार, प्रदेश वितीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार प्रदेश राजश्व बाँडफाँड २ करोड ८७ लाख व्यहोरिने बजेट बक्तव्यमा भनिएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा कुल रु। ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार विनियोजन रहेकोमा विनियोजनको ७१ प्रतिशत खर्च हुने संशोधित अनुमान छ । सो मध्ये चालु खर्च २ अर्ब १५ करोड अर्थात् ४८ प्रतिशत पूँजीगत खर्च १ अर्ब अर्थात् विनियोजनको २३ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.