logo

वीरगंज महानगरले पेश गर्यो सवा तीन अर्वको बजेट, पत्रकारलाई भत्ताको ब्यवस्था,अलौमा संग्राहलय बन्ने

 इसीमाना सम्वाददाता     २०८० असार ६ गते ०८: ३९ मा प्रकाशित     391   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजारको बजेट प्रस्तुत गरेको छ ।

चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत, पुजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत बिनियोजन गरिएको छ ।

महानगरपालिकाले बजेट मार्फत बीरगंज महानगरपालिकामा रहेको अलौमा ऐतिहासिक संगा्रहलय निर्माणकालागि २० लाख बिनियोजन गरेको छ । अलौ राजा राजेन्द्र बिक्रम शाहको पालामा क्षणीक राजधानीको रुपमा रहेको थियो । जङ्गबहादुर राणााको हातबाट सत्ता फर्काउन गरिएको सैनिक विद्रोहको प्रयास अलौ मै गरिएको थियो ।

 

यद्धपी जंगबहादुरका सेनाले राज राजेन्द्रबिक्रम शाहको सेनालाई पराजीत गरि स्वंय राजालाई बन्दी बनाएर काठमाण्डौ लेको थियो । यो बि.स.१९०४ को साउनमा भएको थियो । त्यही अलौमा संगा्रहालय निर्माण गर्ने यो बजेटको नयाँ कार्यक्रम हो ।

वीरगञ्ज महानगरपालिकाले वीरगञ्जलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने नीति अवलम्वन गर्ने भएको छ । महानगरपालिकाको १३ औ अधिवेशनमा नगर प्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वीरगञ्जलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने उल्लेख गरिएको हो ।

त्यसैगरि आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रुपबाट उपलब्ध गराउन नगर अन्तर्गतका सबै स्वास्थ्य चौकीहरुमा विशेषज्ञ सहितको सेवा सञ्चालन गर्न ३ करोड ७५ लाख रकम विनियोजन गरिएको छ ।

महानगरपालिकाले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सामुदायिक विद्यालय शिक्षक स्वयंसेवक कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वयंसेवक शिक्षक कार्यक्रमका लागी महानगरपालिकाले ४ करोड ७५ लाख विनियोजन गरेको छ ।

जिल्ला समन्वय समिति सँगको लगानी साँझेदारीमा पूर्वाधार अभाव भएका विद्यालयहरुमा भवन तथा फर्निचर पूर्वाधार निर्माण गरिने, उद्योगी व्यवसायी एवं कर्पोरेट घरानाहरुलाई १र१ वटा सामुदायिक विद्यालय संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अङ्गीकार गरी शिक्षा पूर्वाधार एवं शिक्षण सामाग्रीहरुको प्रबन्ध गर्न प्रेरित गरिने नीति महानगरले बनाएको छ । आगामी आर्थिक बर्षका लागि शिक्षा क्षेत्रमा १२ करोड २० लाख बजेट छुट्टाएको छ ।


वीरगञ्जको सरसफाईलाई प्रभावकारी रुपमा अगाडी बढाउन वडा कार्यालयहरुलाइ जिम्मेवार बनाइने र आगामी आर्थिक बर्षका लागि खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रकम खर्च गर्ने अनुमान गरिएको छ ।

महानगरले अन्तर वडाहरु जोड्‍ने शहरी सडकको कम्तीमा ३० फिट मापदण्ड तोकी सुरक्षित एवं गुणस्तरीय यातायात पूर्वाधार विकास गर्दै ग्रामीण वडाहरुलाई आधुनिक शहर केन्द्रसँग सञ्जालीकृत गर्ने भएको छ । महानगरपालिकाले यातायात पूर्वाधार क्षेत्रमा ५९ करोड रकम विनियोजन गरेको छ ।
महानगरले यस पटकको बजेट मार्फत पत्रकारहरुलाई भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । आजीवन पत्रकारिताका गरेका अग्रज पत्रकारहरुलाई भत्ताको ब्यवस्था गर्ने कुरा महानगरको नयाँ नीति हो ।


महानगरले पेश गरेको बजेटको स्रोत परिचालनमा भने महत्वकांक्षी योजना पेश गरेको छ । चालु आर्थिक वर्षको अनत्य सम्ममा ७० करोड राजस्व परिचालन हुने संशोधीत अनुमान रहेको छ ।

 

अहिले सम्म ४० करोडको हाराहारीमा राजस्व परिचालन भएको छ । चालु आर्थिक वर्षको बाँकी अवधिमा ३० करोडको राजस्व परिचालन चुनौतीपूर्ण छ ।

 

आर्थिक वर्ष ८०/८१ का लागि भने राजस्व परिचालनको अंक १ अर्व २० करोड रुपैयाको लक्ष्य तोकिएको छ । जसरको यर्थाथपरक आधार भने बजेटले प्रस्तुत गर्न सकेको छैन ।

आगामी आर्थिक वर्षको लागि अनुगमान गरिएको खर्च व्यहोर्ने श्रोतहरुमध्ये आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, सङ्‍घीय राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार, प्रदेश वितीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार प्रदेश राजश्व बाँडफाँड २ करोड ८७ लाख व्यहोरिने बजेट बक्तव्यमा भनिएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा कुल रु। ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार विनियोजन रहेकोमा विनियोजनको ७१ प्रतिशत खर्च हुने संशोधित अनुमान छ । सो मध्ये चालु खर्च २ अर्ब १५ करोड अर्थात् ४८ प्रतिशत पूँजीगत खर्च १ अर्ब अर्थात् विनियोजनको २३ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.