logo

चितवनमा भ्रम हट्दै गएकाले जित एमालेको हुन्छः सचिव भट्टराई

 इसीमाना सम्वाददाता     २०८० बैशाख २ गते ०७: ४५ मा प्रकाशित     405   पटक पढिएको

भरतपुर । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा आसन्न उपनिर्वाचनमा बहुसंख्यक जनताले एमालेको पक्षमा मत जाहेर गर्ने विश्वास व्यक्त गरेका छन ।

 

भरतपुर–१२मा पार्टीका स्थानीय कार्यकर्ताले शनिबार गरेको चुनावी घरदैलोमा सहभागी हुँदै सचिव भट्टराईले नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएको र त्यो दिनानुदिन हट्दै गएको दाबी गरे ।


“यो निर्वाचन क्षेत्र एमालेको राम्रो प्रभाव भएको ठाउँ हो, विगत निर्वाचनमा केही भ्रमहरु सिर्जना गरिए । अहिले भ्रमहरु हट्दै गएको पाएँ । एमालेको जित हुनेमा विश्वस्त छु” कार्यकर्ता माझ भट्टराईले भने । जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै आफ्नो चरित्र देखाएको उनको  भनाइ छ । “के–के भन्थे, के–के गरे, सबैले थाहा पाइसक्नुभयो अब भ्रमको पर्दा उध्रिसकेको छ” भट्टराईले भने ।


मतदाताको चाहाना बमोजिम युवा र परिपक्व उम्मेदवारका रुपमा पार्टीले रामप्रसाद न्यौपानेलाई अघि सारेको उनले उल्लेख गरे । “रामजी यहाँको विकासमा योगदान गर्न सक्ने र जनताको गुनासो सुन्न सक्ने स्थानीय सक्षम युवा हुनुहुन्छ, अहिलेको पुस्ताको भावना बुझ्न सक्ने पार्टीको जिल्ला अध्यक्ष पनि हो” भट्टराईले भने ।

 

समृद्ध नेपाल निर्माण गर्ने ठोस कार्ययोजना सहित एमाले अघि बढेको बताउँदै उनले अन्य पार्टीका गतिविधि र कार्यशैलीका कारण जनतामा निराशा छाएको बताए ।


जनचाहना अनुरुप समृद्धिको अभियान अघि बढाउन मुलुकको नेतृत्व एमाले पार्टीबाट मात्रै सम्भव रहेको उनको भनाई छ ।

भरतपुर–१२ एमाले वडा कमिटीका अध्यक्ष तिलप्रसाद न्यौपानेको अगुवाइमा पोखरेली टोल, आनन्द टोल, प्रेरणा टोल क्षेत्रमा चुनावी घरदैलो गरिएको थियो । कमिटीले वडाका विभिन्न टोलमा तालिका बनाएर दिनहुँ घरदैलो गरिरहेको सचिव शोभा पण्डितले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.