logo

प्रेस चौतारी रौतहटको बिस्तारित बैठक सम्पन्न, मधेश प्रदेशका अध्यक्षलाई सहयोग गर्ने निर्णय

 इसीमाना सम्वाददाता     २०८० बैशाख २ गते ०६: ५४ मा प्रकाशित     440   पटक पढिएको

चन्द्रपुर । प्रेस चौतारी नेपाल रौतहट शाखाको बिस्तारीत बैठक शनिबार रौतहटको बंकुलमा सम्पन्न भएको छ । नेकपा एमाले मिसन ग्रास रुटका केन्द्रिय प्रतिनिधि अजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त बिस्तारित बैठक सम्पन्न भएको हो ।

 

कार्यक्रमका एमाले नेता गुप्ताले मिसन ग्रास रुट बारेमा र त्यसको प्रभाब बारे जानकारी गराएका थिए । समाजलाइ सम्बृद्ध बनाउनकोलागि पत्रकारको प्रमुख भुमिका भएको बताउदै एमाले नेता गुप्ताले पत्रकारको धर्म र मर्म अनुसार काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले संगठन भित्र दक्षीणपंथी अवसरवाद र संगठनात्मक अराजकताको प्रवृतिगत बिषयमा चर्चा गरेका थिए ।

 

लामिछानेले परिवर्तनको पक्षमा नलाग्ने अवसरकालागि अराजनीतिक गतिविधि गर्ने प्रवृति बढेकोले त्यसबिरुद्धको संघर्ष अनिवार्य रहेको बताए । उनले अवसर आफूले पाए ठिक नत्र बेठीक भन्ने प्रवृति निकै हावी भएको चर्चा गर्दै संगठनमा बिचारधारात्मक स्रेतको आधारमा मूल्याकंनको परिपाटीको बिकास आवश्यक रहेको बताए ।

 

संगठन भित्र अराजकता बढेको चर्चा गर्दै अराजकताले जनपक्षीय पत्रकारतिालाई संकटमा पार्ने बताए । उनले गलत प्रवृतिका बिरुद्ध असल कार्यशैलीको निर्माण र बिचारधारा प्रतिको प्रतिवद्धताको अभावमा संगठनको गुणात्मक बिकास नहुने बताए ।

यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिब तथा मधेश प्रदेश इन्चार्ज कमल कुमार उपाध्यायले अब प्रेस चौतारी नेपाललाइ मधेश प्रदेशको सबैभन्दा बलियो संगठन भएको बताए छ ।

 

मधेश प्रदेशका ८ वटै जिल्लामा प्रेस चौतारी नेपालको संगठन अझ मजबुद बनाउने अभियान चलाउने केन्द्रिय सचिब उपाध्यायले जानकारी गराए ।

यस्तै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिब श्याम बन्जाराले नेपाल पत्रकार महासंघको केन्द्रिय र्सकुर अनुसार प्रदेशले काम गरिहेको बताए ।


कार्यक्रममा प्रेस चौतारी नेपालका मधेश प्रदेश सह इन्चार्ज तथा केन्द्रिय सदस्य अच्युत पौडेल,केन्दीय सदस्य संजय मिश्रा,प्रेस चौतारी मधेश प्रदेशका महासचिब गौतम श्रेष्ठ नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले शुभकामना ब्यक्त गरेका थिए ।


बैठकले प्रेस चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष फणि महतको स्वास्थ्य उपचारको लागी ५१ हजार आर्थिक सहयोग गर्ने, नेपाल पत्रकार महासंघ रौतहट शाखामा भएका नया सदस्य तथा सदस्यता नबिकरणको सम्बन्धमा प्रभाबकारी भुमिका निर्वाह गर्ने बारे छलफल गरि निर्णय गरेको छ ।


प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष उत्तम कुमार उपाध्यायको सभापतित्वमा सम्पन्न उक्त बिस्तारीत बैठकमा चौतारीका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिनाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।


शाखाका सचिब मुकेश कुमार साहको संचालनमा भएको उक्त बैठकमा रौतहटका अग्रज पत्रकार अशोक कुमार पहाडी लगायत जिल्लभरीका प्रेस चौतारी नेपालमा आबद्ध सदस्यहरुको उपस्थिति हेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.