logo

एमालेको पक्षमा जनलहर बढ्दै,घरदैलोमा स्थानीयको व्यापक सहभागिता

 इसीमाना सम्वाददाता     २०७९ चैत ३० गते ०७: ३९ मा प्रकाशित     440   पटक पढिएको

भरतपुर । वैशाख १० मा हुने उपनिर्वाचनमा नेकपा ९एमाले०बाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेको घरदैलोमा व्यापक जनसहभागिता रहेको छ ।

 

न्यौपानेले चुनावी प्रचारप्रसारका क्रममा गरेको घरदैलोमा स्थानीय मतदाताको उत्साहजनक साथ र सहयोग देखिएको हो ।
अहिले न्यौपानेले भरतपुरका विभिन्न वडामा घरदैलो अभियानलाई तीव्र पारेका छन् । घरदैलोका क्रममा न्यौपानेलाई मतदाताले आफ्ना समस्या राख्ने, गुनासो पोख्ने तथा आशिर्वाद दिने गरेका छन् । न्यौपाने र नेकपा एमालेको पक्षमा जनलहर बढ्दै गएको नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले बताए ।


“अघिल्लो निर्वाचनमा अन्यत्रै मतदान गर्दा दुःख पाएका गुनासो मतदाताको रहेको छ” ज्ञवालीले भने, “यसपटक सूर्यमा मतदान गर्दै रामप्रसाद न्यौपानेलाई जिताउँछौँ भन्दै घरदैलोमा स्थानीयको व्यापक सहभागिता बढ्दै गएको छ ।” नियत खराब भएको व्यक्तिका कारण चितवनमा पुनः निर्वाचन गर्नुपरेको भन्दै ज्ञवालीले चितवनको माटो चिनेको र जनताको समस्या बुझेको उम्मेदवार रामप्रसाद न्यौपाने भएको बताए । पहिले अन्यत्रै भोट हालेका मतदाताहरु यसपालि एमालेमा नै फर्किसकेका ज्ञवालीले बताए ।


बिहीबारको घरदैलोका क्रममा एमाले उम्मेदवार न्यौपानेले भरतपुर–४ मा स्थापना गरिएको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन समेत गरेका छन् ।

 

कार्यालयको उद्घाटन गर्दै न्यौपानेले अहिलेको अभियान देश बनाउने अभियान भएको बताए । “यो अभियान हाम्रा सन्ततिहरुको भाग्य र भविष्य निर्माण गर्ने अभियान हो, एउटा सन्देश प्रवाह गर्ने अभियान हो” उनले भने, “यो अभियानमा हामी निरन्तर लाग्ने छौँ र हामी जित्ने छौँ ।” एमालेले जित्ने भनेको ज्येष्ठ नागरिक, युवासहित सबै नेपालीको खुसीको कुरा भएको न्यौपानेको भनाइ छ ।


एमालेले जित्ने कुरा सभ्य समाज निर्माण गर्ने कुरा भएकाले एमालेले जित्ने न्यौपानेले बताए । न्यौपानेको घरदैलोका क्रममा स्थानीयले स्वास्थ्य, रोजगार, बाटोघाटोलगायतका विषयमा गुनासाहरु गरेका थिए ।

 

चितवनको सम्पूर्ण समस्याको बारेमा आफू जानकार भएको उल्लेख गर्दै न्यौपानेले आफूले जितेर गएमा चितवनका सबै समस्या समाधानतर्फ लाग्ने बताए ।
चुनाव प्रचारप्रसारका क्रममा बिहीबार भरतपुरको वडा नं ३ र ४ मा उम्मेदवारसहित एमालेका नेताहरु घरदैलोमा पुगेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.