logo

विकासका एजेण्डा बोकेर एमाले नेता पौडेल मतदातासामु ,जित्नेमा ढुक्क

 इसीमाना सम्वाददाता     २०७९ चैत २९ गते ०७: ०५ मा प्रकाशित     769   पटक पढिएको

कलैया । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ मा एमालेको बढ्दो जनलहरले आफू निकै उत्साहित रहेको बताएका छन् । चुनावी प्रचारमा व्यस्त रहेका उम्मेदवार पौडेलले मतदातामा देखिएको उत्साहले चुनाव जित्नेमा समेत आफू ढुक्क रहेको बताए ।

चुनाव प्रचारलाई तिव्र बनाएका पौडेल यतिबेला बारा २ का मतदातासंग मत मागिरहेका छन् । २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलले मतदातासामु विकासका एजेण्डा समेत राखिरहेका छन् ।

जिल्लाको अन्य क्षेत्रको तुलनामा बारा २ निकै पछि परेको गुनासो आफूले सुन्नुपरेको भन्दै उम्मेदवार पौडेलले क्षेत्रको विकासका लागि खाकासहित आफू चुनावी मैदानमा उत्रिएको बताए । मतदाताको गुनासो घरमै पुगेर सुनिरहेका उम्मेदवार पौडेलले आफू निर्वाचित भएपछि बारा २ को मुहार फेरिने बताएका छन् ।


निर्वाचन क्षेत्र घुम्ने क्रममा मतदाताबाट पाएको प्रतिक्रिया र साथले आफूलाई उत्साहित बनाएको र बारा २ का विकासका लागि पनि आफ्नो जित आवश्यक रहेको नेता पौडेलको भनाई छ । एमालेको पुरानो र प्रभावशाली नेताका रुपमा परिचित पौडेल जसपाका उपेन्द्र यादवलाई चुनौती दिदै बलियो प्रतिस्पर्धीका रुपमा अगाडि देखिएका छन् । जसपाका नेताहरु समेत आफूहरुको लडाई एमालेसंग रहेको बताउन थालेका छन् ।

सप्तरी २ बाट पराजित भएका जसपा अध्यक्ष यादव यतिबेला बारा २ मा आएर चुनाव लडिरहेका छन् । उनिसंगै अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवार रहेका शिवचन्द्र कुशवाहा जनमत पार्टीबाट उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व डिआईजी रमेश खरेल र आम जनता पार्टीबाट अरुण ज्ञवाली उम्मेदवार छन् ।

एमाले उम्मेदवार पौडेलबाहेक अन्य सबै उम्मेदवार २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका उम्मेदवार हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.