logo

घण्टीलाई नमस्कार गर्नुस्, सूर्यमा भोट हाल्नुसः एमाले उम्मेदवार न्यौपाने

 इसीमाना सम्वाददाता     २०७९ चैत २९ गते ०६: ५६ मा प्रकाशित     443   पटक पढिएको

भरतपुर । चितवन – २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार राम न्यौपानेले घण्टीलाई नमस्कार गर्दै सूर्यमा भोट हाल्न आग्रह गरेका छन् ।

 

भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा आज भएको घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले आफूले सबैको सम्मान गर्ने भन्दै घण्टीलाई नमस्कार गरेर सूर्यमा भोट हाल्न आग्रह गरेका हुन् ।


“हामी उम्मेदवार हो, सबैको सम्मान गर्नुपर्छ” न्यौपानेले भने, “सबैले घरमा घण्टी बजाउनुस् र नमस्कार गर्नुस् तर, वैशाख १० मा सूर्यमा मतदान गर्नुस् ।” रामनगरमा आयोजित घरदैलोपछि सम्बोधन गर्दै न्यौपानेले यसअघि निर्वाचिन सांसदले रामनगरमा एक महिनाभित्रै खानेपानी ल्याउने भनेर बाचा गरेको भए पनि रामनगरका जनता खानेपानीको समस्याबाट पीडित रहेको बताए ।

न्यौपानेले कृष्णभक्त पोखरेलको पालामा खानेपानी योजनाका लागि बजेट परेको भन्दै आफू निर्वाचित भएर गएपछि चाँडो खानेपानी समस्या समाधान गर्नेगरी काम गर्ने बताए ।


आमा बुवालाई पाल्ने पार्टी एमाले भएको भन्दै न्यौपानेले एमालेले गर्ने कामको दूरगामी प्रभाव पर्ने बताए । “हामीले जे गर्छौँ यो समाजलाई राम्रो हुने काममात्रै गर्छौँ, हामीले नराम्रो कहिल्यै पनि गर्दैनौँ” न्यौपानेले भने, “म तपाईँहरुबीच प्रतिबद्धता व्यक्त गर्न चाहान्छु, म करम्पसनमा कहिल्यै फस्दिनँ, म कुनै लेनदेनमा फस्दिनँ, म कुनै विवादमा फस्दिनँ र जनताको असल प्रतिनिधि बनेर तपाईँहरुको सेवा गर्न चाहान्छु ।” न्यौपोनले जनप्रतिनिधिहरु भनेको सधैँ असल र नैतिकवान हुनुपर्ने भन्दै असल छु कि छैन भनेर आफ्नो आत्मालाई साक्षी राखेर भन्नुपर्ने बताए ।


“म जनताको बीचबाट कसम खाएर भन्छु, हरेक परीक्षा दिन तयार छु, म हरेक सन्दर्भ र सवालमा असल छु” उनले भने, “म अगतिलो कहिल्यै हुनेछैन, म गतिलो मान्छे बनेर राम्रो मान्छे बनेर असल मान्छे भनेर सदैव न्यायको पक्षमा लड्नेछु ।” न्यौपानेले वडा नम्बर १ मा खानेपानीसहित बाटोघाटोको समस्या रहेको भन्दै समाधानका लागि भूमिका खेल्ने बताए । समाजमा विकृति फैलाउने व्यक्तिहरुलाई सिध्याएर छोड्ने न्यौपानेको भनाइ छ ।


“समाजमा विकृति फैलाउने, अनैतिक काम गर्ने, भ्रष्टाचार गरेर समाजलाई सिध्याउने सबै रावणहरुलाई, राम हुँ सिध्याएरै छोड्छु” उनले भने, “मेरो नाम राम हो, राम त्यसै भएको होइन, म कर्मले राम बन्ने तपाईँहरुको बीचमा प्रतिज्ञा गर्छु ।” जनताको समस्याहरुमा एमाले निरन्तर लड्दै आइरहेको उनको भनाइ छ ।

 

पछिल्लो समय सरकारले वृद्धभत्ता कटौती गर्न खाजेको आफूले सुनेको भन्दै न्यौपानेले वृद्धहरुको सम्मानका लागि प्रदान गरिएको यो भत्ता कसैले काट्न खोजे ज्येष्ठ नागरिकको श्राप लाग्ने बताए ।


वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा एमाले चितवनले चुनावी घरदैलो कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइरहेको छ । चुनावी घरदैलोका क्रममा आज भरतपुरको वडा नं १ र २ का विभिन्न स्थानमा कोणसभासमेत गरेको छ । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेको साथमा एमालेका नेताहरु देवी ज्ञवाली, विजय सुवेदी, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, पुरुषोत्तम न्यौपाने, नारायणप्रसाद अधिकारीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरु नेताहरु सहभागी थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.