logo

चौतारीको बैठक सम्पन्न, भ्रम फैलाउने र कमजोर बनाउन खोज्नेलाई कारवाही गरिने

 इसीमाना सम्वाददाता     २०७९ चैत २८ गते ०१: ३३ मा प्रकाशित     422   पटक पढिएको

बीरगंज । प्रेस चौतारी नेपाल पर्सा शाखाको बैठक आज रोयल पार्टी प्यालेसमा सम्पन्न भएको छ । अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा बसेको बैठकले चौतारीलाई थप प्रभावकारी र गतिशिल बनाउनको लागि महत्वपूर्ण निर्णय गरेको छ ।

 

बैठकले चौतारीका इन्चार्ज शत्रुघन नेपाललाई हटाउने निर्णय गरेकोमा यसमा गम्भीर आपत्ती जनाउने निर्णय गर्नुका साथै एक महिनाभित्र पुन इन्चार्जमा स्थापित गर्न केन्द्रलाई आग्रह गर्ने र अन्यथा आन्दोलन गर्ने निर्णय गरेको छ ।

बैठकमा गएको माघ २९ गते वीरगंजमा सम्पन्न केन्द्रीय कार्याशाला तथा केन्द्रीय कमिटीको बैठकको ब्यवस्थापनको बिषयमा समिक्षा गरेको छ ।

 

केन्द्रीय बैठक तथा कार्यशाला गोष्ठीमा केन्द्रले स्थानीय कमिटीको परामर्श बिना सम्मानित ब्यक्तिहरुलाई आतित्थ्यता नगराएर गम्भिर भूल गरेको ठहर गर्दै अब उप्रान्त यस्ता कमजोरी नगर्न आग्रह गर्ने निर्णय गरेको छ । आउँदो बैठकमा कार्याशाला तथा केन्द्रीय कमिटीको बैठकको आर्थिक हरहिसाव कोषाध्याक्षले पेश गर्ने निर्णय गरेको छ ।


बैठकले चौतारीको १ सय १६ जना साधारण सदस्यहरुको अभिलेख, परिचयपत्र, र नयाँ सदस्यता दिने प्रक्रिया अघि बढाउन उपाध्याक्ष तुलसी भण्डारी र सचिब राजेन्द्र सिंह नेपालीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

 

चौतारीलाई कमजोर बनाउन लागेकाहरुको पहिचान गरि बैठकहरुमा समिक्षा गर्ने र चौतारीलाई बदनाम गराउन भ्रम छर्ने र अतिरञ्जना युक्त प्रचार गर्नेहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।

 

साथै बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले चलाएको सदस्यता सुद्धिकरण अभियानमा कडाइका साथ प्रस्तुुत हुन र योग्य पत्रकारलाई महासंघको सदस्यता दिन आग्रह गर्ने निर्णय गरेको छ ।

 

बैठकले बैठकमा चौतारीका उपाध्याक्ष तुलसी भण्डारी, सचिब राजेन्द्र सिंह नेपाली, सहसचिव सन्तोष पटेल, कोषाध्याक्ष राकेश साह, सदस्यहरु आनन्द पटेल, आरोहण साह, नेहाल खान, प्रकाश तिवारी, नितेष कर्ण, राजन रौनियार, शम्भु महतो थारु, मन्सुर खान, सञ्जय दास थारु, निलम चौधरी, पन्नालाल प्रसाद, अखलेस साह लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.