logo

हामी जनताको मालिक होइन सेवक हौः अध्यक्ष पटेल

 इसीमाना सम्वाददाता     २०७९ चैत २५ गते ०७: २४ मा प्रकाशित     513   पटक पढिएको

परवानीपुर। परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेलले दिन रात जुन सुकै समयमा पनि आफूहरु जनताको सेवामा समर्पित रहेको बताएका छन ।

 

परवानीपुर गाउाँपालिकाको वडा –२ रामपुर टोकनीमा आयोजीत सार्वजनीक सुनवाई क्रार्यक्रममा नागरिकको सवालको जवाफ दिदै अध्यक्ष पटेलले आफूहरु जनताको मालिक नभई सेवक भएको बताए ।

No description available.

उनले भने हामी मालिक होइनौ तपाईका सेवक हौ त्यही अधिकार जमाएर आफनो सवाल सोध्नु भएकोमा धन्यवाद । मैले गरेको काम मलाई ठिकै लाग्छ उनले भने वास्तवमा त्यो काम ठिक छ वा छैन त्यसको तपाईबाट जान्न अवसर मिल्ने भएकोले सार्वजनीक सुनवाई आफनो लागि पनि राम्रो भएको उनले बताए ।

 

उनले आफू गाउँपालिकामा आउदा आन्तरिक आयस्रोत नभएको चर्चा गर्दै अहिले तीन करोड बढी आन्तरिक स्रोत परिचालन भएको र त्यसलाई पाँच करोड सम्म पुर्याउने लक्ष्य रहेको बताए । उनले प्रत्येक वडामा गरिव निवास बनाउने गरि प्रति वडा पाँच घरका दरले बजेट बिनियोजन गरेकेमा केही समस्याका कारण त्यो काम शुरु नभएको प्रष्ट पार्दै त्यसलाई पुरा गर्ने प्रतिवद्धता जनाए ।

 

उनले परवानीपुर गाउँपालिकामा खेलाडीहरुको खेल अभ्यासकोलागि रंगशाला निर्माण र जिम संचालनकोलागि पहल गर्ने बताए । उनले गरिब तथा बिपन्न परिवारलाई ग्यास चुल्हो र सिलिण्डर समेत उपलब्ध गराउने योजना रहेको बताए ।

 


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनीयारले गाउँपालिका भित्रका सबै सरकारी कार्यालयमा बिधुतीय हाजीरीको ब्यवस्था गरिएको जानकारी दिदै १५ मिनेट ढिलो हाजीर गरेमा आधा दिनको हाजिर काटिने प्रविधि जडान भएको बताए ।

 

त्यसरी हाजीर गर्ने कर्मचारीको तलव काटिएको जानकारी दिदै सेवाग्राहीका निम्ति १० देखी ५ सम्म कार्यालयमा बसेर सेवा दिने परिपाटीमा कुनै सम्झौता नहुने बताए ।


कर्मचारीको अभावमा सेवाको गुणस्तरमा स्वभाविक रुपमा प्रश्न उठने बताउदै रौनीयारले कार्यालयको तर्फबाट सुधारको काम गरिने बताए ।
गाउँपालिकाले ४३ वटा शिर्षकबाट कर उठाउन पाउने जानकारी दिदै रौनीयारले चालु आर्थिक वर्षमा ३ करोड २० लाख राजस्व असुलीको लक्ष्य राखेकोमा चालु आर्थिक वर्षको यो अवधिमा ३ करोड २३ लाख राजस्व संकलन भएको जानकारी दिए ।

 

आर्थिक वर्षको अन्त्य सम्म राजस्व संकलन ४ करोड भन्दा बढी हुने उनले बिश्वास ब्यक्त गरे । यसरी संकलन भएको राजस्व परवानीपुर गाउँपालिकाको बिकासमा खर्च हुने उनले बताए ।

 

अधिकृत रौनीयारले यो वर्ष असार महिनामा कुनै पनि पूर्वाधार निर्माणको काम नहुने प्रष्ट पारे । बैशाखको पहिलो हप्तामा कार्यादेश दिने छौ उनले भने असारमा कुनै काम गरिने छैन ।

परवानीपुर गाउँपालिका वडा नं–२ का वडा अध्यक्ष महम्मद नुरुलहोदा अँसारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं–३ का वडा अध्यक्ष ईब्राहिम मियाँ धोबी, वडा नं–४ का वडा अध्यक्ष गम्भीरा पटेल, वडा नं–५ का वडा अध्यक्ष रामेश्वर साह कलवार , गाउँपालिकाका कानुनी सल्लाहकार महम्मद रफिक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के।सी ।लामिछाने, प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोठे मगर , शम्भु प्रसाद महतोको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा सहयोगी नेपालका कार्यकारी अध्यक्ष तवरेज अहमदले नागरिक अभिमतको बारेमा प्रकाश पारेका थिए ।

 

कार्यक्रम संयोजक जितेन्द्र गिरीले संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.