logo

बारा २ मा नेपाली कांग्रेसबाट यादवको निर्णय,गठबन्धको ब्यवस्थापन नै चुनौती बन्ने

 इसीमाना सम्वाददाता     २०७९ चैत १३ गते ०७: २० मा प्रकाशित     543   पटक पढिएको

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाराको षेत्र नं २ को निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने वचन दिएका छन।

 

देउवाले शनिबार बसेको पदाधिकारी बैठकमा बारा २ मा उपेन्द्रलाई सहयोग गर्ने ब्रिफिङ गरेको कुरा सर्वाजनीक भएसंगै नेपाली कांग्रेस बाराले क्षेत्रमा नम्बर–२ मा संविधानसभा सदस्य राधेचन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोमवार कलैया स्थित पार्टी कार्यालयमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले बैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा सम्पन्न बैठकले संविधानसभा सदस्य यादवको एकल नाम सिफारिस गरेको नेपाली कांग्रेसका युवा नेता लोकेश सिंहले जानकारी दिए ।

 

जनता समाजवादी पार्टीका राम सहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछी सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको छ ।

 

जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव पनि सो क्षेत्रमा चुनाव लडने चर्चा चलिरहेको छ । नेकपा माओवादीबाट यस अघि उम्मेदवार बनेका शिवचन्द्र कुशवाहा ३ सय ५४ मतले पराजीत भएका थिए । उनलाई त्यतीवेला नेपाली कांग्रेसको साथ थियो भने यादवलाई नेकपा एमालेको साथ थियो ।

 

जसपा अध्यक्ष उपेन्द्र यादव गठबन्धको तर्फबाट उम्मेदवार बनेमा नेपाली कांग्रेस जनमत र शिवचन्द्र कुशवाहाको ब्यवस्थापन चुनौतीको बिषय बन्न सक्छ । नेकपा एमालेले भने गठबन्धनको निर्णय पछि मात्र आफनो उम्मेदवार तय गर्ने नीति लिएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.