logo

बारा २ मा नेपाली कांग्रेसबाट यादवको निर्णय,गठबन्धको ब्यवस्थापन नै चुनौती बन्ने

 इसीमाना सम्वाददाता     २०७९ चैत १३ गते ०७: २० मा प्रकाशित     418   पटक पढिएको

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाराको षेत्र नं २ को निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने वचन दिएका छन।

 

देउवाले शनिबार बसेको पदाधिकारी बैठकमा बारा २ मा उपेन्द्रलाई सहयोग गर्ने ब्रिफिङ गरेको कुरा सर्वाजनीक भएसंगै नेपाली कांग्रेस बाराले क्षेत्रमा नम्बर–२ मा संविधानसभा सदस्य राधेचन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोमवार कलैया स्थित पार्टी कार्यालयमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले बैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा सम्पन्न बैठकले संविधानसभा सदस्य यादवको एकल नाम सिफारिस गरेको नेपाली कांग्रेसका युवा नेता लोकेश सिंहले जानकारी दिए ।

 

जनता समाजवादी पार्टीका राम सहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछी सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको छ ।

 

जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव पनि सो क्षेत्रमा चुनाव लडने चर्चा चलिरहेको छ । नेकपा माओवादीबाट यस अघि उम्मेदवार बनेका शिवचन्द्र कुशवाहा ३ सय ५४ मतले पराजीत भएका थिए । उनलाई त्यतीवेला नेपाली कांग्रेसको साथ थियो भने यादवलाई नेकपा एमालेको साथ थियो ।

 

जसपा अध्यक्ष उपेन्द्र यादव गठबन्धको तर्फबाट उम्मेदवार बनेमा नेपाली कांग्रेस जनमत र शिवचन्द्र कुशवाहाको ब्यवस्थापन चुनौतीको बिषय बन्न सक्छ । नेकपा एमालेले भने गठबन्धनको निर्णय पछि मात्र आफनो उम्मेदवार तय गर्ने नीति लिएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.