logo

माधव नेपालको जिल्लाका एसपार्टीका प्रभावशाली नेताहरु एमालेमा फर्किए

 इसीमाना सम्वाददाता     २०७९ चैत १० गते ०९: ४३ मा प्रकाशित     436   पटक पढिएको

चन्द्रपुर । नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल नेतृत्वको नेकपा एसका रौतहट जिल्लाका प्रभाबशाली ३१ जना नेताहरु शुक्रबार नेकपा एमालेमा फर्किएका छन ।

नेकपा एसको तर्फबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी, युवा नेता बाबुराम दाहालले देश बनाउने अडान नेकपा एमाले पार्टीमै रहेको र आफनो तनमन सबै एमालेमै रहेको कारणले गर्दा पनि पुरानै घर प्यारो लागेर फर्किएको बताए ।

 


घरका छोरा छोरी रिसाएर कहिलेकही बाहिर गए जस्तै बाटो बिराएर गएकोमा आत्मसमिक्षा गरेर नै आफुले पसिना बगाएर बनाएको पुरानो पार्टीमा फर्किन पाउदा हर्षित भएको युवा नेता दाहालले बताए ।

 


गत २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन र २०७९ मंसिर ४ गते भएको संघिय तथा प्रदेश सभाको निर्वाचनमा पार्टीका अध्यक्ष माधब कुमार नेपालको भुमिका देखेर नै उनीबाट पार्टी नचल्ने निस्कर्ष निकालेर नेकपा एमालेमा फर्किएको दाहालको भनाइ रहेको छ ।


दाहाल नेकपा एसको चन्द्रपुर नगर कमिटी अध्यक्ष हुदै प्रदेश कमिटिका सदस्यको जिम्मेबारीमा थिए । युवा नेता दाहालले नेकपा एमालेमा रहदा तत्कालीन रौतहट क्षेत्र नं. ६ को २ कार्यकाल क्षेत्रिय अध्यक्षको रुपमा पनि काम गरिसकेका छन ।


यस्तै नेकपा एसको प्रदेश कमिटी सदस्य तथा नेकपा एसका पुराना नेता अमर आले , नेकपा एसका मधेश प्रदेशका सचिबालय सदस्य तथा गरुडाका प्रभाबशाली नेता शेख कलिमुल्लाह पनि एमालेमा फर्किएका छन ।

सोही कार्यक्रम माफर्त पुरानो घर नेकपा एमाले पार्टीमा फर्किनेहरुमा नेकपा एसका पुराना तथा प्रभाबशाली नेता टिका बहादुर कार्की,जिल्ला कमिटी सदस्यहरु बिनोद चौधरी,राजन थापा,रामकुमार खडका,मधुसुदन धिताल,रामचन्द्र दाहाल,नागेन्द्र राउत चौरसिया,सन्नी कुमार जयसवाल,ननीपत सहनी,बलीराम सहनी,शम्भु प्रसाद गुप्ता,वनपती देबी सहनी रहेका छन ।


यस्तै नेकपा एस गरुडा नगर कमिटिका अध्यक्ष श्याम नन्दन सहनी,गरुडा नगर समितिका सदस्यहरु मोहन सहनी,होस नारायण यादब,सुरेश चौधरी,लाल बहादुर राउत,शेख अनबर,कमलकान्त मिश्र,कपिलदेब मण्डल,शेख मजहर आलम,पारस सहनी,शेख रेयाज,राम सेवक राय लगायत नेकपा एस छाडेर एमालेमा फर्किएको नेता कलिमुल्लाहले जानकारी दिएका छन ।


नेकपा एमालेमा फर्किनेहरुलाइ नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज पुरुषोतम पौडेलले स्वागत गरेका थिए ।


कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवाल,पार्टीका मधेश प्रदेश सदस्य रामजी साह लगायतको नेताहरुको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.