logo

वीरगञ्ज नर्सिङ क्याम्पसमा बिद्यार्थी धर्नामा, क्याम्पस प्रमुखको राजीनामा माग्नु खेदजनक

      २०७९ चैत ७ गते ०१: २४ मा प्रकाशित     558   पटक पढिएको

वीरगञ्ज, । वीरगञ्ज नर्सिङ क्याम्पसमा सोमबार नेपाल विद्यार्थी सङ्घले गरेको तालाबन्दी खोल्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन उत्रिएका छन ।

आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमा एकजना सदस्य बाहेक अन्य सम्पूर्ण पदाधिकारी र सदस्यमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका उम्मेदवारले जित निकालेपछि धाँधली भएको आरोप लगाउँदै सोही दिन राती १२ नेविसङ्घले क्याम्पसको प्रशासन शाखा र प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

तालाबन्दीका कारण पठनपाठन र आउँदै गरेको परिक्षासमेत प्रभावित हुने बताउँदै विद्यार्थीहरुले क्याम्पस प्रशासनको मूल ढोका अगाडि धर्ना दिएर तालाबन्दी खोल्न माग गरेका हुन् ।

 

स्ववियू निर्वाचनको बहानामा तालावन्दी गर्न नपाईने र शैक्षिक गतिविधि निर्वाध ढंगले पुनः सूचारु हुनुपर्ने धर्नामा बसेका विद्यार्थीहरुको माग छ । बिएस्सी तेश्रो वर्षमा अध्धयनरत छात्रा दपीका डंगोलले क्याम्पस प्रमुखको राजीनामा माँगेर तालाबन्दी गरिनुलाई राम्रो मान्न नसकिने बताएकी छिन ।

 

क्याम्पस प्रमुखले अनुगमन गरेको कुरा गलतै रहेछ भने पनि त्यसको सजायबापत राजीनामा माँग्ने नमिल्ने उनको तर्क छ । अनुगमनको कारवाही राजीनामा न्यायोचीत नभएको उनको भनाई छ ।

क्याम्पसका रातारात गरिएको तालाबन्दीका कारण आफूहरु आश्चर्यचकित भएको बताउँदै अधिकांस विद्यार्थीहरुले तालाबन्दी खोली निसर्त रुपमा पठनपाठन पुनः सूचारु गर्नुपर्ने मागसहित त्रिभुवन विश्वविद्यालयका डीनलाई पत्र पनि लेखेका छन् ।

 

प्रमाणपत्र तहका बिद्यार्थी सागर खतिवडाले क्याम्पस प्रमुखले बिद्यार्थीको गारो सारोका बारेमा थाहा पाउन अनुगमन गरेको बताए । क्याम्पस प्रमुखले अनुगमन गर्न नपाउने कही कतै उल्लेख नगरेको बताउदै अति राजनीतिकरण नगर्न उनले आग्रह गरेका छन ।

 

९ गते १३ गते सहितका दिनहरुमा परिक्षा हुदैछ कक्षाकोठामा बसेर अध्धयन गर्नु पर्ने बिद्यार्थीहरु धर्नामा बस्नु पर्ने अवस्था ल्याउनु ठिक नभएको उनको भनाई छ । अनेरास्ववियुले भने निर्वाचनको प्रमाणपत्र बितरणको माँग गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.