logo

चुनवाको परिणाम सार्वजनीक पछि नेविसंघले लगायो ताला, शैक्षीक वतावरण नबिगार्न अखिलको अपिल

 इसीमाना सम्वाददाता     २०७९ चैत ६ गते ०७: २८ मा प्रकाशित     631   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको परिणाम सार्वजनीक भएपछि नेपाल बिद्यार्थी संघले क्याम्पस प्रशासनको कार्यकक्षमा तालाबन्दी गरेको छ ।


हिजो भएको स्ववियु चुनावबाट अध्यक्षमा मानिषा चौधरी र प्रत्यक्षतर्फ एक सदस्यबाहेक सबै अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् ।

नेविसंघबाट स्मृति थापा सदस्यमा निर्वाचित भएकी छन् । तर नेपाल विद्यार्थी संघले धाँधली भएको भन्दै क्याम्पस प्रमुख जमुना भट्टराईको राजीनामा माग गरेको छ र क्याम्पस प्रमुख र क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ ।

 

नेविसंघले उम्मेदवारी मनोनयनको समयदेखि नै क्याम्पस प्रमुखको भूमिका शंकास्पद रहेको आरोप लगाएको छ ।

यसैवीच अनेरास्ववियुले एक बिज्ञप्ति जारी गरि निर्वाचनको परिणाम स्वीकार गरि लोकतान्त्रिक चरित्र देखाउन नेपाल बिद्यार्थी संघलाई सुझाव दिएको छ ।

 

अनेरास्ववियु क्याम्पस इकाई कमिटी अध्यक्ष मालती बस्नेतले लोकतान्त्रिक पद्धतिअनुसार सम्पन्न भएको निर्वाचनको नतिजा प्रकाशित भएपछि तालाबन्दी गरी नेविसंघले शैक्षिक वातावरण विगार्न खोजेको आरोप लगाइएको छ ।

 

निर्वाचन लोकतन्त्रको मूल मर्म भएको बताउदै त्यसको नतिजालाई सम्मान गर्न समेत उनले बिज्ञप्ति मार्फत अपिल गरेकी छन ।
क्याम्पस प्रमुख भट्टराईले भने आफूले विद्यार्थीसँग अनेरास्ववियुका लागि भोट नमागेको बताएकी छन् ।

 

स्ववियु निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको र चुनावको अघिल्लो दिन शान्ति सुरक्षाको अवस्था बुझ्न होस्टल राउण्ड गरेको उनको भनाइ छ । मतपरिणाम घोषणा भएको केहीबेरमा आचारसंहिता उल्लंघनको आरोप लगाउँदै नेपाल विधार्थी संघका नेता कार्यकर्ताले तालाबन्दी गरेको क्याम्पस प्रमुख भट्टराईले बताइन्। क्याम्पस प्रमुखबाट भट्टराईलाई हटाएर अर्कैलाई क्याम्पस प्रमुख बनाउने षडयन्त्र अनुरुप नेबिसंघले तालाबन्दी गरेको स्रोतको दावी छ । निर्वाचनमाको बिषयमा बिवाद झिकेर क्याम्पस प्रमुख हटाउन छलखेल हुदै गरेको उनले बताए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.