logo

‘प्रचण्डले एमालेलाई नभई आफैंलाई धोका दिएका छनः एमाले नेता महासेठ

 इसीमाना सम्वाददाता     २०७९ फागुन २१ गते ०९: ५१ मा प्रकाशित     436   पटक पढिएको

जनकपुरधाम /नेकपा एमालेका सचिव रघुवीर महासेठले चैत ३ गतेपश्चात् देशको राजनीतिक कोर्स परिवर्तन हुने दाबी गरेका छन् ।

आइतबार नेकपा एमाले क्षीरेश्वरनाथ नगर कमिटीले आयोजना गरेको होलीको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।


उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पछि देशको राजनीतिक कोर्स कुन दिशामा जान्छ त्यो भन्न मुस्किल छ ।’


माओवादी अध्यक्ष प्रचण्ड छेपारो जस्तै रंग परिवर्तन गरी पूरानै गठबन्धनसँग हात मिलाएर नेकपा एमालेललाई धोका दिएको महासेठको आरोप छ ।

उनले भने, ‘प्रचण्डले एमालेलाई नभई आफैंलाई धोका दिएका छन् । तपाईं हेर्नुहोला २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन पश्चात देशको राजनीति कुन दिशामा जान्छ ।’

अध्यक्ष प्रचण्डमा कुनैपनि कुरामा स्थिरता नरहेको आरोप लगाउँदै महासेठले प्रचण्डले नै एमाले र कांग्रेसको बिचमा लडाईं गराएर आफू शासन गर्न खोजेको र धेरै पटक सफल पनि भएको बताए । अब कांग्रेस र एमाले दुबैले उनको खेल बुझिसकेको उनको भनाइ थियो ।


नेकपा एमाले नेतृ एवं प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोले मुलुक अहिले देशी विदेशी शक्तिको घेराबन्दीमा परेको आशंका व्यक्त गरिन् । उनले यस घेराबन्दीलाई तोड्नका लागि नेकपा एमालेको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने आवश्यकता रहेकोसमेत बताइन् ।


उनले वर्तमान सरकार गलत साँठगाँठ गरेर राज्यसत्ता सञ्चालन गर्न चाहिरहेको आरोपसमेत लगाइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य हरिनारायण महतो, क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, नेकपा एमाले जनकपुरधामका नगर अध्यक्ष सुरेन्द्र भण्डारी सहितका नेता कार्यक्रताहरुको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.