वीरगंज /चैत ५ गते हुने स्ववियु निर्वाचन प्रयोजनकालागि देशैभरि शुक्रवार बिद्यार्थी संगठनहरु तथा स्वतन्त्र समुहले संगठन दर्ता गराएका छन ।
त्रिभूवन बिश्व बिद्यालयको आंगिक क्याम्पस वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि ८ वटा बिद्यार्थी संगठनले आफनो संगठन दर्ता गराएका छन ।
संगठन बाहेकका ब्यक्ति तथा स्वतन्त्र समुह गरि ३५ वटा समुह दर्ता भएको निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी दिए ।
उनले चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि फागुन २७ गते उम्मेदवारी दर्ता कार्यक्रम रहेको बताए । ठाराब क्याम्पसमा चौध वर्षपछि स्ववियु निर्वाचन हुन गइरहेको छ ।
स्ववियु निर्वाचनका कारण कलेजमा राजनीतिक सरगर्मी तित्र्र भएको छ । संगठन भित्र उम्मेदवारी कसले पाउने भन्ने बिषयमा आकांक्षीहरुको सक्रियतामा पनि उतिकै बढेको छ ।
स्ववियु निर्वाचनलाई नेपाली कांग्रेस पर्साले निकै महत्व दिएको देखिन्छ । उसले निर्वाचन परिचालनकालागि पूवृ बिद्यार्थी नेताहरु सम्मिलीत समिति बनाएर काम शुरु गरेको छ ।
प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ १० जना गरी २१ पदको लागि निर्वाचन हुने लामिछानेले जानकारी दिए।
ठाराब क्याम्पसमा करिब ५ हजार बिद्यार्थी मतदाताको रुपमा रहेका छन ।
तपाईको प्रतिक्रिया