logo

स्ववियु निर्वाचनको सरगर्मी बढयो, ठाकुरराममा आठ संगठन सहित ३५ समुह दर्ता

 इसीमाना सम्वाददाता     २०७९ फागुन १९ गते ०९: २५ मा प्रकाशित     608   पटक पढिएको

वीरगंज /चैत ५ गते हुने स्ववियु निर्वाचन प्रयोजनकालागि देशैभरि शुक्रवार बिद्यार्थी संगठनहरु तथा स्वतन्त्र समुहले संगठन दर्ता गराएका छन ।

 

त्रिभूवन बिश्व बिद्यालयको आंगिक क्याम्पस वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि ८ वटा बिद्यार्थी संगठनले आफनो संगठन दर्ता गराएका छन ।

 

संगठन बाहेकका ब्यक्ति तथा स्वतन्त्र समुह गरि ३५ वटा समुह दर्ता भएको निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

उनले चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि फागुन २७ गते उम्मेदवारी दर्ता कार्यक्रम रहेको बताए । ठाराब क्याम्पसमा चौध वर्षपछि स्ववियु निर्वाचन हुन गइरहेको छ ।

 No photo description available.

No photo description available.स्ववियु निर्वाचनका कारण कलेजमा राजनीतिक सरगर्मी तित्र्र भएको छ । संगठन भित्र उम्मेदवारी कसले पाउने भन्ने बिषयमा आकांक्षीहरुको सक्रियतामा पनि उतिकै बढेको छ ।

 

स्ववियु निर्वाचनलाई नेपाली कांग्रेस पर्साले निकै महत्व दिएको देखिन्छ । उसले निर्वाचन परिचालनकालागि पूवृ बिद्यार्थी नेताहरु सम्मिलीत समिति बनाएर काम शुरु गरेको छ ।

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ १० जना गरी २१ पदको लागि निर्वाचन हुने लामिछानेले जानकारी दिए।

ठाराब क्याम्पसमा करिब ५ हजार बिद्यार्थी मतदाताको रुपमा रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.