logo

कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषदको बैठक वीरगंजमा हुने

 इसीमाना सम्वाददाता     २०७९ फागुन ९ गते ०५: ११ मा प्रकाशित     515   पटक पढिएको

वीरगंज । नेपाल बार एशोसिएशनको आयोजनामा वीरगंजमा फाल्गुन १२ गते देखि १४ गते सम्म कानून व्यवसायी महिलाहरुको ३० औ राष्ट्रिय सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषदको ४८ औ बैठक हुने भएको छ ।

मंगलबार उच्च अदालत परिसरमा आयेजना भएको पत्रकार सम्मेलन मार्फत यस्तो जनाकारी दिइएको हो । वीरगञ्जमा पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रममा देशभरिका ७०० भन्दा बढी कानून ब्यवासायी महिला सहभागी हुने अनुमान गरिएको अधिवक्ता कर्णको भनाई छ ।


नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुधीर कर्णका अनुसार फाल्गुन १२ बिहान ८ बजे वीरगञ्जको घन्टाघरबाट प्रभातफेरी सुरु भई आदर्शनगर हुदै टाउन हल पार्टी प्यालेस सम्म जाने र सम्मेलनको समुद्घाटन प्रमुख अतिथि सम्माननीय का.मु. प्रधान न्यायाधिशबाट हुनेछ । साथै १२ गते ११ बजे देखि सम्मेलन सुरु भई १३ गते १ बजे वीरगञ्ज घोषणापत्र जारी गरि समापन हुनेछ ।


त्यस्तै फाल्गुन १३ गते १ बजे देखि नेपाल बार एशोसिएसनको ४८ औ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकको उद्घाटन संघिय कानून न्याय तथा संसदीय मामिला मन्त्री माननीय धुर्ब बहादुर प्रधानबाट हुने जानकारी दिए । उक्त कार्यक्रममा देशभरिबाट करिब ८ सय  कानून व्यवसायीहरुको सहभागिता हुनेछ ।


सो परिषदको बैठकमा न्यायालय सुदृढीकरण , कानून व्यवसायीको पेशागत दक्षताबृद्धि, बिधान संसोधनका बिषयमा सम्बन्धमा छलफल हुने अधिवक्ता कर्णले जनाकारी दिए ।

 

पत्रकार सम्मेलनको संचालन उच्च अदालत बार एशोसिएसन वीरगञ्जका अध्यक्ष अधिवक्ता बिशाल चौधरीले गरेका थिए । पत्रकार सम्मेलनमा पर्सा जिल्ला अदालत बार एशोसिसनका अध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, बरिठ अधिवक्ता दिपकराज भण्डारी, पर्सा बार पुर्व अध्यक्ष अधिवक्ता राजनाथ ठाकुर, उच्च बार वीरगञ्जका सचिव अधिवक्ता बिनोद कुमार मल्लीक, कोषाध्यक्ष अधिवक्ता प्रज्वल अधिकारी तथा पर्सा बारका सचिव अधिवक्ता मुम्ताज अहमद लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.