logo

मिसन ग्रासरुट प्रारम्भ हुनु एक दिन अघि नेकपा एमाले पर्सा बिघठन, केही नेताहरु परे निष्काशनमा

 इसीमाना सम्वाददाता     २०७९ फागुन ५ गते ०१: ५५ मा प्रकाशित     307   पटक पढिएको

नेकपा एमालेको पर्सा जिल्ला कमिटी बिघठन भएको छ । नेकपा एमालेको मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीलाई बिघठन गरेको हो ।

 

गत वर्ष पुषको २७ र २८ गते वीरगंजको नगरसभागृहमा भएको नकेपा एमालेको आठौ जिल्ला अधिवेशनले जयप्काश थारुको नेतृत्वमा जिल्ला कमिटी चयन गरेको थियो ।


जिल्ला कमिटीले स्थानीय तथा संघ र प्रदेशको निर्वाचनमा प्रभावकारी रुपमा पार्टी र जनसंगठन परिचालन गर्न नसकेको आरोप लाग्दै आएको थियो ।

 

संघको निर्वाचनमा नेकपा एमाले पर्साका सचिव मनोज गुप्ता, बसरुदिन अन्सारी लगायतका नेताहरुलाई अन्र्तघातको आरोप समेत लाग्यो ।

 

संघको निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवार बिरुद्ध गतिविधि गरेको भन्दै बसरुदिन अन्सारी, मनोज गुप्ता सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र वडा नं १ का वडाध्यक्ष पुराना एमालेका नेता बासुदेव चौधरीलाई पार्टिले निष्काशन गरेको छ ।


थारु नेतृत्वको जिल्ला कमिटीको बिघठन पछि अर्का नेता डा. बिश्वम्भर शर्मालाई पार्टी जिल्लाको नेतृत्व दिइएको छ । शर्माको नेतृत्वमा रहेको कमिटीले २०८० बैशाख नवौं जिल्ला अधिवेशनको आयोजना गरेर नयाँ नेतृत्वलेलाई हस्तान्तरण गर्नु पर्ने छ ।

 


यस अघि जिल्ला कमिटीले कारवाही सिफारिश गरेका स्पष्टीकरण सोधिएकाहरुको बिषयमा पनि पार्टीले क्रमिक छानवीन गर्दै जाने बताइएको छ ।


पार्टीको मिशन ग्रासरुट प्रारम्भको अघिल्लो दिन मधशे प्रदेश कमिटीले पर्सा जिल्ला कमिटी बिघठन गरेर सबै जिल्लाको नेतृत्व तहलाई अन्तरघात, अराजकता, गैर जिम्मेवालरी जस्ता बिषयलाई पार्टीले सहन गर्न नसक्ने सन्देश दिएको छ ।

 

मिशन ग्रासरुट मार्फत पार्टीका सबै सदस्यलाई गतिवान बनाउने र फलामे अनुशासनमा बाँध्ने काम हुने नेकपा एमालेका एक केन्द्रीय नेताले जानकारी दिएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।

बुहारी बलात्कार गर्ने ४१ वर्षिय ससुरा पक्राउ

गोरखा । गोरखामा एक जना ४१ वर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.