logo

मिसन ग्रासरुट प्रारम्भ हुनु एक दिन अघि नेकपा एमाले पर्सा बिघठन, केही नेताहरु परे निष्काशनमा

 इसीमाना सम्वाददाता     २०७९ फागुन ५ गते ०१: ५५ मा प्रकाशित     679   पटक पढिएको

नेकपा एमालेको पर्सा जिल्ला कमिटी बिघठन भएको छ । नेकपा एमालेको मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीलाई बिघठन गरेको हो ।

 

गत वर्ष पुषको २७ र २८ गते वीरगंजको नगरसभागृहमा भएको नकेपा एमालेको आठौ जिल्ला अधिवेशनले जयप्काश थारुको नेतृत्वमा जिल्ला कमिटी चयन गरेको थियो ।


जिल्ला कमिटीले स्थानीय तथा संघ र प्रदेशको निर्वाचनमा प्रभावकारी रुपमा पार्टी र जनसंगठन परिचालन गर्न नसकेको आरोप लाग्दै आएको थियो ।

 

संघको निर्वाचनमा नेकपा एमाले पर्साका सचिव मनोज गुप्ता, बसरुदिन अन्सारी लगायतका नेताहरुलाई अन्र्तघातको आरोप समेत लाग्यो ।

 

संघको निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवार बिरुद्ध गतिविधि गरेको भन्दै बसरुदिन अन्सारी, मनोज गुप्ता सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र वडा नं १ का वडाध्यक्ष पुराना एमालेका नेता बासुदेव चौधरीलाई पार्टिले निष्काशन गरेको छ ।


थारु नेतृत्वको जिल्ला कमिटीको बिघठन पछि अर्का नेता डा. बिश्वम्भर शर्मालाई पार्टी जिल्लाको नेतृत्व दिइएको छ । शर्माको नेतृत्वमा रहेको कमिटीले २०८० बैशाख नवौं जिल्ला अधिवेशनको आयोजना गरेर नयाँ नेतृत्वलेलाई हस्तान्तरण गर्नु पर्ने छ ।

 


यस अघि जिल्ला कमिटीले कारवाही सिफारिश गरेका स्पष्टीकरण सोधिएकाहरुको बिषयमा पनि पार्टीले क्रमिक छानवीन गर्दै जाने बताइएको छ ।


पार्टीको मिशन ग्रासरुट प्रारम्भको अघिल्लो दिन मधशे प्रदेश कमिटीले पर्सा जिल्ला कमिटी बिघठन गरेर सबै जिल्लाको नेतृत्व तहलाई अन्तरघात, अराजकता, गैर जिम्मेवालरी जस्ता बिषयलाई पार्टीले सहन गर्न नसक्ने सन्देश दिएको छ ।

 

मिशन ग्रासरुट मार्फत पार्टीका सबै सदस्यलाई गतिवान बनाउने र फलामे अनुशासनमा बाँध्ने काम हुने नेकपा एमालेका एक केन्द्रीय नेताले जानकारी दिएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.