logo

मन्त्री कलवारलाई जसपा पर्साले गर्यो सम्मान

 इसीमाना सम्वाददाता     २०७९ फागुन २ गते ०६: ११ मा प्रकाशित     600   पटक पढिएको

वीरगञ्ज, ।मधेश प्रदेशका ऊर्जा तथा खानेपानी विकास मन्त्री सिंहासन साह कलवारलाई मंगलवार वीरगंजमा एक कार्यक्रमकावीच सम्मान गरिएको छ ।


जनता समाजवादी पार्टी जिल्ला कार्य समिति पर्साले मन्त्री कलवारलाई सम्मान गरेको हो ।


जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कलवारले पार्टीकै देनस्वरुप आफु मन्त्री भएको बताए ।

पार्टीप्रतिको इमान्दारीता र जिम्मेवारी बहन गरेको प्रतिफलस्वरुप विश्वास गरेर २ पटक प्रदेश सभाको टिकट दिलाउनुका साथै जनताले पनि मत दिएर जिताएको स्मरण गर्दै उनले मन्त्री बनेकोमा खुशी व्यक्त गरे ।

 

आगामी दिनमा पनि पार्टीकै समन्वयमा मन्त्रालयका कामहरु गर्ने , पार्टी संगठन र मन्त्रालयको जिम्मेवारी दुवैलाई समानान्तर ढंगले अघि बढाउने कलवारले बताए ।


कार्यक्रममा जसपाका केन्द्रीय सदस्यहरु फिरोज मन्सुर, सलमा खातुन, रेखा साह, प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, पर्साको धोबिनी गाउँपालिका अध्यक्ष एवम् पार्टीका मधेश प्रदेश समिति सदस्य मदन प्रसाद चौहान, पर्सा जिल्ला सहइन्चार्ज महाराज यादव लगायतले मन्त्री कलवारलाई बधाई तथा शुभकामना दिएका थिए ।


क्षेत्र नम्बर ३ का अध्यक्ष एवम् जसपा जिल्ला सदस्य नागेन्द्र प्रसाद यादवले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थिए ।


साथै जसपा निकट समाजवादी विद्यार्थी संघले पनि मन्त्री कलवारलाई बधाई तथा सम्मान गरेको छ । समाजवादी विद्यार्थी संघ पर्साका अध्यक्ष एजाज बाबु राकीको अध्यक्षतामा सम्मान कार्यक्रम भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.