logo

अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने पक्काः एमाले उपमहासचिव गुरुङ्ग

 इसीमाना सम्वाददाता     २०७९ माघ २९ गते १०: ४२ मा प्रकाशित     643   पटक पढिएको

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी एमालेका उप महासचिव पृथ्वी सुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने बताए।

आइतवार वीरगंजमा आयोजित प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण कार्यशाला गोष्ठि लाई सम्बोधन गर्दै उप महासचिव गुरुङले पुस १० मा सत्तागठबन्धन दलबीच भएको सहमति अनुसार राष्ट्रपति एमालेकै बन्ने बताएका हुन।

 

राष्ट्रपतिको निर्वाचनपछि सत्तागठबन्धन टुट्ने हल्ला हौवा मात्रै भएको उप महासचिव गुरुङले बताए।

उप महासचिव गुरुङले पुष १० मा एमाले र माओवादीबीच भएको सहमतिमा प्रधानमन्त्री र सभामुख आलोपालो हुने तथा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो र सोही अनुरूप राष्ट्रपति एमालेकै उम्मेदवार हुने जनाए ।

माओवादी केन्द्रको हालैको बैठकले पनि एमाले सहितको राष्ट्रिय सहमति खोज्ने निर्णय गरेकाले सत्तागठबन्धनबाट एमालेले अगाडि सार्ने उम्मेदवार नै राष्ट्रपति बन्ने उप महासचिव गुरुङले बताए ।

 

उप महासचिव गुरुङले दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने जनाए।

एमालेले अहिलेको सत्ता गठबन्धनलाई टिकाएर मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने उप महासचिव गुरुङले बताए।

 

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा फर्काउने, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको बताए।

 

गुरुङले सुदूरपश्चिम प्रदेशमा फेरि एमालेकै सरकार बन्ने परिस्थिति बन्दै गएको जनाए। कार्यक्रममा नेकपा एमालेको जनसंगठन संयन्त्रका संयोजक पूर्व स्वास्थ्यमंत्री भानुभक्त ढकालले संकगठलाई कामकाजी बनाउन आवश्यक रहेको बताए । उनले प्रेस चौतारी नेपालचुस्त दुरुस्त रुपमा संचालन गर्नकालागि कतिपय संरचनागत सुधार आवश्यक रहेको बताए ।

 


नेकपा एमालेका प्रचार बिभागका उउ्रमुख बिष्णु रिजाल,जनसंगठन संयन्त्रका सह संयोजक रचना खडका , केन्द्रीय सदस्य अरविन्द सिंह नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

 

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम प्रेस चौतारी नेपालका महासचिव हिरामना लामाले संचालन र पर्साका अध्यक्ष श्याम बन्जाराले स्वागत भाषण गरेका थिए ।


कार्यशालमा केन्द्रीय सचिवालयको तर्फबाट आधारपत्र प्रस्तुत गरिएको थियो । आधारपत्रमा ७ वटा समुह बनाई छलफल गरि प्रस्तुती गरिएको थियो । सोमवार प्रेस चौतारी नेपालको केन्द्रीय समितिको बैठक बस्ने कार्यसूची रहेको महासचिव हिरामान लामाले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.