logo

आउदो चैत सम्ममा महानगरवासीले स्मरण गर्नेगरि महत्वपूर्ण काम गरिने प्रमुख सिंहको घोषणा

 इसीमाना सम्वाददाता     २०७९ माघ २३ गते ०८: ३२ मा प्रकाशित     538   पटक पढिएको

वीरगन्ज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आउँदो चैत्र सम्ममा वीरगञ्जले स्मरण गर्ने गरि महत्वपूर्ण काम महानगरवासीलाई उपहारका रुमा दिने गरि काम भईरहेको बताउदै त्यसकोलागि सबैको सहयोगको अपिल गरेका छन ।

 

पर्यटक प्रहरी र होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले संयुक्त रुपमा आयोजना गरेको ‘पर्यटन प्रवद्र्धन र पर्यटन सुरक्षामा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै महानगरप्रमुख सिंहले वीरगंजलाई पर्यटककोलागि गन्तब्य केन्द्र बनाउन नागरिक ब्यवहारमा परिर्वतन आवश्यक रहेको र त्यसको शुरुवात आफैबाट गर्नु पर्नेमा जोड दिए ।


आफू निर्वाचित भएर आएपछि वीरगंजलाई पर्यटकीय शहर बनाउन र भारतीय पर्यटकलाई सहज होस भनेर सवारी कर खारेज गरेको स्मरण गरे । सवारी कर खारेज गर्दा महानगरलाई वार्षिक ६ करोड घाटा छ तर भारतीय पर्यटक प्रतिको हाम्रो निर्भरतालाई ध्यानमा राखेर यो काम गरिएको प्रमुख सिंहले बताए ।

 

भारतीय पर्यटक आकर्षित हुने गरि महानगरले काम गर्दै गरेको र होटेल ब्यवसायीहरुले पनि तदनरुपको प्याकेज निर्माण गर्नु पर्ने सुझाव दिए ।

 

सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नासाथ सीमामा हुने झन्झटिलो व्यवहारलाई अझ सहज बताई २४ सै घण्टा सीमा नाका आवत–जावत गर्न सक्ने नीति बनाउन पर्ने उनको सुझाव छ ।

 

पर्यटक आउँदा उनीहरुको मन लोभ्याउन सक्ने पहिचान भइसकेका पर्यटन क्षेत्रलाई तदारुकतासाथ निर्माण गर्न ढिलो गर्न नहुने पनि उनको सुझाव छ ।

 

सिंहले वीरगंजका होटेल ब्यवसायीले माँग गर्दै आएको रात्री बजारको बिषयमा पनि ध्यानाकर्षण भएको र केही युवाहरुको अग्रसरतामा वीरगञ्जमा रात्री बजार सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।

महानगरले माइस्थान मन्दिर सौन्दर्यकरण गरेर धार्मिक पर्यटनको मार्ग खुलाउन खोजेको भन्दै उनले अब १५० वर्ष भन्दा बढी पुरानो ऐतिहासिक महत्व बोेकेको नृसिंह पिपरा मठको पुननिर्माणमा आफूहरु लागि परेको पनि बताए ।


पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप काठमाण्डौको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले शान्ति सुरक्षाको व्यावस्थाका लागि स्थानीय प्रशासन प्रतिवद्ध रहेको बताउदै पर्यटकीय गन्तव्यको विकास गर्नका लागि पर्यटन क्षेत्रमा आवद्ध व्यावसायीहरुसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

 

राज्यले निर्धारण गरेका मापदण्ड र कार्यविधिहरुलाई प्रभावकारी कार्यान्वयन गराउन स्थानीय सरकार, नागरिक समाज र सुरक्षा प्रशासनको समन्वय आवश्यक रहेकोमा उनको जोड थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले पर्यटन प्रवद्र्धन र विकासमा राज्यको ध्यान जान नसकेको बताए । उहाँले पर्यटक आउनका लागि सुरक्षाको वातावरण महत्वपूर्ण भएपनि सुरक्षा निकायबाट नै प्रवेशद्वारमा चार ठाउँमा चेकजाँच गर्दा पर्यटकहरु आउन हिच्किचाउने गरेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले पर्यटकीय गन्तव्यको विकास गर्न पूर्वाधार विकास र पर्यटकलाई गर्ने व्यवहारमा भरपर्ने बताए । उनले भारतीय पर्यटकलाई २५ हजार रुपैया भन्दा बढी रकम बोक्न नदिने नेपाली नीतिमा परिर्वतन ल्याउन सके मात्र भारतीय पर्यटकको संख्या बढने बताए ।

 

घुम्न आएको पैसा बोक्न पाइदैन अनी पर्यटक कसरी आउने उनले भने “ पर्यकट भित्र्याउने भन्ने कार्यक्रम गर्ने तर नीति चाही प्रतिकूल बनाउने काम बेठीक रहेको बताए । उनले पर्यटकले दिन कसरी बतिाउने त्यसकोलागि आवश्यक प्याकेजको निर्माण जरुरी रहेको उनले बताए ।

कार्यक्रममा पर्यटक प्रहरी निरीक्षक चन्द्र किशोर साहले पर्यटक प्रहरीले नेपाल आएका पाहुनालाई अप्ठेरो पर्दा सहयोग गर्ने गरेको बताए ।
उनका अनुसार हाल काठमाण्डौं उपत्यकामा १० ठाउँ, १२ जिल्लाको १८ गरी २८ स्थानमा गरि २ सय ३९ जना पर्यटक प्रहरी कार्यरत छन् ।

सहभागी वक्ताहरुले पर्यटन विकासमा पर्यटक सुरक्षाको भूमिका नै महत्वपूर्ण हुने भएकोले पर्यटकसँग गरिने व्यवहारमा परिवर्तन नआएसम्म पर्यटको सुरक्षा नहुने र पर्यटनको विकास पनि हुन नसक्ने औल्याएका थिए ।


होटल तथा पर्यटन व्यवासायी संघ वीरगन्जका अध्यक्ष तथा होटल व्यावसायी महासंघ नेपालका केन्द्रीय सचिव हरि पन्तले वीरगन्जमा पर्यटन व्यावसायको सम्भाव्यता भएर पनि यसलाई विकास र प्रवद्र्धनमा अपुग रहेको बताए ।

पन्तको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी लगायत होटल तथा पर्यटन व्यावसायी संघका पदाधिकारी तथा कार्यसमिति सदस्य तथा विभिन्न संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.