logo

प्रेस चौतारी नेपालको राष्ट्रीय प्रशिक्षण वीरगंजमा , अर्थमंत्री पौडेलले उद्धघाटन गर्ने

 इसीमाना सम्वाददाता     २०७९ माघ १७ गते ०७: २५ मा प्रकाशित     524   पटक पढिएको

नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पर्साको केन्द्रीय कमिटीको बैठक तथा केन्द्रीय प्रशिक्षण वीरगंजमा हुने भएको छ । केन्द्रीय प्रशिक्षण तथा बैठकको तयारीकालागि प्रेस चोतारी नेपाल पर्साले तयारी शुरु गरेको छ ।

 

तयारीका बिषयमा प्रेस चौतारी नेपाल पर्साको बैठक बुधवार वीरगंजमा सम्पन्न भएको छ ।
बैठकले माघ २९ र फागुन १ वीरगंजमा हुन लागेको प्रेस चौतारीको केन्द्रीय बैठक र कार्यशाला गोष्ठी भव्य रुपमा सफल पार्न निर्णय गरेको छ ।


प्रशिक्षण तथा बैठकको उद्धघाटन नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल सरकारका उपप्रधान तथा अर्थमंत्री बिष्णु पौडेको प्रमुख आतिथ्य रहने प्रेस चौतारी नेपालका पर्सा अध्यक्ष श्याम बन्जाराले जानकारी दिए ।

 

कार्यक्रममा नेकपा एमालेका अन्य पदाधिकारी , प्रेस चोतारी नेपालका केन्द्रीय कमिटी, प्रदेशका अध्यक्ष र महासचिवको सहभागिता रहने चोतारीक मधेश प्रदेशका सह इन्चार्ज अच्यूत पौडेलले जानकारी दिए ।

बैठकले कार्यक्रम सफल पार्न बिभिन्न ६ वटा उपसमिति निर्माण गरेको छ । आर्थिक उपसमितिको संयोजकमा शाखा अध्यक्ष श्याम बन्जारा, अतिथि सत्कार उपसमितीमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,प्रचार प्रसार उपसमितिमा कबिता खड्का,मञ्च व्यवस्थापन उपसमितिमा सफल खतिवडा , खाद्य व्यवस्थापन उपसमितीमा ग्यासु मियाँ देवान र आवास व्यवस्थापन उपसमितिको संयोजकमा तुलसी भण्डारीलाई चयन गरेको शाखाका सचिव राजेन्द्र सिंहले जानकारी दिए ।

 

बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने, प्रेस चौतारी नेपालका मधेश प्रदेशका सह इन्चार्ज अच्युत पौडेल ,केन्द्रीय सदस्य शत्रुघ्न नेपाल ,प्रेस चौतारी नेपालका , महेशचन्द्र गौतम,एल.बी .शेख, बानका मधेश प्रदेशका अध्यक्ष ,आशिक अंसारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, ,राकेश साह, संतोष पटेल,आरोहण साह लगायतको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.