logo

मलेसियामा नेपाललाई दिइयो साहसिक खेलमा प्रथम मुलुकको अवार्ड

 इसीमाना सम्बाददाता      २०७९ फागुन १६ गते ०४: २५ मा प्रकाशित     749   पटक पढिएको

मलेसिया । मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा “प्रथम मुलुक घोषित भएको छ । आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्ट्रिले एशियाली मुलुकमध्ये “शीर्ष दश”भित्र पर्दै प्रथम मुलुक घोषित भएको हो ।

 


मलेशियाको राजधानी क्वालालम्पुरमा आयोजित समारोहमा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले अवार्ड ग्रहण गर्दै साहसिक खेलका लागि नेपालमा उपयुक्त स्थानहरु र अनुकुल मौसम रहेको बताए ।

 

साहसिक खेलका लागि आवश्यक पर्ने पूर्वाधारहरु प्राकृतिक रूपमै बनेको चर्चा गर्दै उनले मौलिक कला, संस्कृति र सम्पदामा पनि नेपाल पर्यटनको प्रशस्त सम्भावना बोकेको मुलुक रहेको बताए ।
समारोहमा सञ्चारकर्मी, चलचित्र निर्माता, पर्यटन व्यवसायी, साहसिक खेलाडीहरुको सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

महोत्तरीको भङ्गहा नगरपालिकाका बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

बर्दिवास । महोत्तरी  जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आइतवार घर हस्तान्तरण गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.