logo

भारतको बीबीसीको कार्यालयमा आयकर बिभागले गरेको छापामारीको चर्को बिरोध

 इसीमाना सम्वाददाता     २०७९ फागुन ३ गते ०७: २५ मा प्रकाशित     543   पटक पढिएको

भारतको बीबीसीको कार्यालयमा आयकर भिागले गरेको छापामारीको भारतमा चर्को बिरोध भइरहेको छ । त्यहाको बिपक्षीदलले यसलाई केन्द्र सरकारको डराउने,धम्क्याउने रणनीति भन्दै अलोकतानित्रक र तानाशाही रबैया भनेको छ ।

 

तर भारतीय जनता पार्टीले यसको बचाउ गर्दै बिसिीलाई भारतको बिरुद्ध द्वेषको भावनाले रिपोर्टिङ गरेको आरोप लगाएको छ ।

इंडियन एक्सप्रेसका मुताबिक, भाजपाले बीबीसी लाई ‘भ्रष्ट बकवास कॉरपोरेशन’को नाम दिएको दिदै भारतको बिरुद्ध द्वेष फैलाएर काम गर्ने कालो इतिहास रहेको बताएको छ ।

यस बीच, विपक्षले आयकर कार्रवाईलाई भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको बारेमा बनेको डॉक्यूमेंट्रीसंग जोडेर हेरेको छ । गत महिना बीबीसीले ‘इंडिया द मोदी क्वेश्चन‘ नामक दुई भाग भएको डॉक्यूमेंट्री प्रसारित गरेको थियो ।

 

जसमा प्रधानमंत्री नरेंद्र मोदीलाई विभाजनकारी बताइएको थियो । साथै सन २००२ मा गुजरातमा भएको दंगामा उनको प्रत्यक्ष संलग्नता भएको बताएको थियो ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले ट्वीट गर्दै , ‘मोदी सरकारले पटक पटक प्रेसको स्वतन्त्रता माथि हमला गरिरहेको बताएका छन । उनले सरकारी संस्थानहरुको प्रयोग बिपक्ष र मीडियामाथि हमला गर्न प्रयोग गरिन्छ भने कुनेै पनि लोकतन्त्र जीवीत रहन नसक्ने भन्दै आम जनताले यसको बिरोध गर्ने बताए ।

अखिल भारतीय कांग्रेस समिति का महासचिव केसी वेणुगोपालले सरकार आलोचनासंग डराएको भन्दै सरकारको यो धम्क्याउने कामको कडा शब्दमा निन्दा गर्दछौ भनेका छन ।

माक्र्सवादी कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टीले पनि बिसिीलाई डराउने धम्क्याउने कामको बिरोध गरेका छन । भारतीय कम्युनिष्ट पार्टीले आयकर बिभागद्वारा गरिएको छापामारीबाट भारतीय संचार माध्यमलाई डर देखाउने मोदी सरकारको रणनीति रहेको बताएको छ ।

 

मोदी सरकार उसको सांप्रदायीक फासीवादी शासनको बिरोध गर्नेहरुमाथि हमला गरिरहेको भाकपाले टिप्पणी गरेको छ ।

 

बहुजन समाज पार्टी , तृणमूल कांग्रेस , र पीडीपीले पनि भारत सरकारको आलोचना गरेको छ । आम जनता पार्टीले भने आइटी कारवाहीका माध्यमले मोदी तानाशाहीकरणका ेपराकाष्ठामा पुगेको पुष्टि गरेको जनाएको छ ।

 

यसै बीच, एडिटर्स गिल्ड ऑफ इंडियाले आयकर कार्यवाहीलाई लिएर चिन्ता ब्यक्त गरेको छ । यसले सत्तारूढ़ प्रतिष्ठानको आलोचना गर्ने मीडिया समूहलाई डराउने र प्रताडित गर्नकालागि लगातार प्रयोग गरिरहेको जनाएको छ ।

संचार सम्बद्ध अन्य संस्थाहरुले पनि भारतीय सरकारको यो रबैयालाई प्रतिशोधपूर्ण कारवाहीको संज्ञा दिएका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.