logo

भारतको बीबीसीको कार्यालयमा आयकर बिभागले गरेको छापामारीको चर्को बिरोध

 इसीमाना सम्वाददाता     २०७९ फागुन ३ गते ०७: २५ मा प्रकाशित     716   पटक पढिएको

भारतको बीबीसीको कार्यालयमा आयकर भिागले गरेको छापामारीको भारतमा चर्को बिरोध भइरहेको छ । त्यहाको बिपक्षीदलले यसलाई केन्द्र सरकारको डराउने,धम्क्याउने रणनीति भन्दै अलोकतानित्रक र तानाशाही रबैया भनेको छ ।

 

तर भारतीय जनता पार्टीले यसको बचाउ गर्दै बिसिीलाई भारतको बिरुद्ध द्वेषको भावनाले रिपोर्टिङ गरेको आरोप लगाएको छ ।

इंडियन एक्सप्रेसका मुताबिक, भाजपाले बीबीसी लाई ‘भ्रष्ट बकवास कॉरपोरेशन’को नाम दिएको दिदै भारतको बिरुद्ध द्वेष फैलाएर काम गर्ने कालो इतिहास रहेको बताएको छ ।

यस बीच, विपक्षले आयकर कार्रवाईलाई भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको बारेमा बनेको डॉक्यूमेंट्रीसंग जोडेर हेरेको छ । गत महिना बीबीसीले ‘इंडिया द मोदी क्वेश्चन‘ नामक दुई भाग भएको डॉक्यूमेंट्री प्रसारित गरेको थियो ।

 

जसमा प्रधानमंत्री नरेंद्र मोदीलाई विभाजनकारी बताइएको थियो । साथै सन २००२ मा गुजरातमा भएको दंगामा उनको प्रत्यक्ष संलग्नता भएको बताएको थियो ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले ट्वीट गर्दै , ‘मोदी सरकारले पटक पटक प्रेसको स्वतन्त्रता माथि हमला गरिरहेको बताएका छन । उनले सरकारी संस्थानहरुको प्रयोग बिपक्ष र मीडियामाथि हमला गर्न प्रयोग गरिन्छ भने कुनेै पनि लोकतन्त्र जीवीत रहन नसक्ने भन्दै आम जनताले यसको बिरोध गर्ने बताए ।

अखिल भारतीय कांग्रेस समिति का महासचिव केसी वेणुगोपालले सरकार आलोचनासंग डराएको भन्दै सरकारको यो धम्क्याउने कामको कडा शब्दमा निन्दा गर्दछौ भनेका छन ।

माक्र्सवादी कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टीले पनि बिसिीलाई डराउने धम्क्याउने कामको बिरोध गरेका छन । भारतीय कम्युनिष्ट पार्टीले आयकर बिभागद्वारा गरिएको छापामारीबाट भारतीय संचार माध्यमलाई डर देखाउने मोदी सरकारको रणनीति रहेको बताएको छ ।

 

मोदी सरकार उसको सांप्रदायीक फासीवादी शासनको बिरोध गर्नेहरुमाथि हमला गरिरहेको भाकपाले टिप्पणी गरेको छ ।

 

बहुजन समाज पार्टी , तृणमूल कांग्रेस , र पीडीपीले पनि भारत सरकारको आलोचना गरेको छ । आम जनता पार्टीले भने आइटी कारवाहीका माध्यमले मोदी तानाशाहीकरणका ेपराकाष्ठामा पुगेको पुष्टि गरेको जनाएको छ ।

 

यसै बीच, एडिटर्स गिल्ड ऑफ इंडियाले आयकर कार्यवाहीलाई लिएर चिन्ता ब्यक्त गरेको छ । यसले सत्तारूढ़ प्रतिष्ठानको आलोचना गर्ने मीडिया समूहलाई डराउने र प्रताडित गर्नकालागि लगातार प्रयोग गरिरहेको जनाएको छ ।

संचार सम्बद्ध अन्य संस्थाहरुले पनि भारतीय सरकारको यो रबैयालाई प्रतिशोधपूर्ण कारवाहीको संज्ञा दिएका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.