logo

भारतीय कांग्रेस पार्टीको अध्यक्ष खडगे निर्वाचित, लामो समय पछि गान्धी परिवारको हात बाहिर कांग्रेसको नेतृत्व

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २ गते ०८: २० मा प्रकाशित     648   पटक पढिएको

 भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता मल्लिकार्जुन खड़गे बुधवार पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन ।

 

उनले आफ्ना प्रतिद्वण्दी शशी थरुरलाई ६ हजार ८ सय २५ मत अन्तरले पराजित गरे । कांग्रेसको निर्वाचन प्राधिकरणका प्रमुख मधुसूदन मिस्त्रीले मल्लिकार्जुन खड़गे लाई निर्वाचित घोषणा गरेका थिए ।

 

उनका अनुसार खडगेलाई ७८९७ मत प्राप्त भएको थियो । थरुरलाई जम्मा १०७४ मत प्राप्त भएको थियो । मिस्त्रीका अनुसार चुनावमा ९३८५ मत खसेको थियो । यसमा ४१६ मत बदर भएको थियो ।

 

थरूरले मत परिणामको आधिकारिक घोषणा पहिला नै आफनो हार स्वीकार गरेर खडगेलाई बधाई दिएका थिए । थरुरले अन्तिम फैसला खडगेको पक्षमा रहेको बताउदै कांग्रेसको चुनावमा बिजयी हासिल गरेकोमा म उहाँलाई बधाई दिन्छु भनेका छन ।

 

उहाँ कांग्रेसको अध्यक्ष बन्नु निकै सम्मान, ठुलो जिम्मेदारीको बिषय हो खडगेले बिजयी हासिल गरेकोमा म उहाँलाई बधाई दिन्छु थरुरले भनेका छन । उनले निकै संकटपूर्ण अवस्थामा पार्टीको सफल नेतृत्व गर्नुहुने सोनीया गाँधीको ऋणी रहेका बताएका छन भने उनले राहुल गान्धी र प्रियंका गान्धीलाई धन्यवाद दिएका छन । कांग्रेसको यो निर्वाचनसंगै झण्डै अढाई दशक पछि भारतीय कांग्रेसको नेतृत्व गान्धी परिवार भन्दा बाहिर पुगेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.