logo

प्रदेश सभा सदस्य डा.यादवद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

      5/19/2021 गते 00 00 मा प्रकाशित     548   पटक पढिएको

प्रदेश सभा सदस्य डा.अन्जु यादवले बीरगंजको नारायणी अस्पताललाई  स्वास्थ्य उपकरण तथा समाग्री हस्तान्तरण

गर्नु भएको छ । उहाँले नन इन्भेसिभ भेन्टिलेटर [ वाईप्याप ] १ थान, एम्बु ब्याग २ थान, १ थान, अक्सिजन नेजल क्यानुला ७ थान, अक्सिजन कन्सर्नट्रेटर, डिजिटल वेटिङ मेशिन, डिजिटल एक्सरे भिउअर र फोईटल डपलर १/१ थान र मल्टीभिटामिन एक केस हस्तान्तरण गर्नु भएको हो ।


प्रदेश सभा सदस्य यादवले अस्पतालमै पुगेर कोभिड वार्डको नर्सिङ इन्चार्ज अहेमा थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो।प्रदेश सभा सदस्य डाक्टर यादवले ४ महिनाको तलब बराबरको रकमले कोरोना संक्रमितको उपचारमा आवश्यक उपकरण उपलब्ध गराएको बताउनु भएको छ । 

 

 प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले आफ्नो चार महिनाको तलब बराबर रकमबाट स्वास्थ्य सामग्री खरिद गरेर नारायणी अस्पताललाई दिने घोषणा  जेठ २ गते नै गर्नु भएको थियो ।


बुधबार १ सय ३ जना संक्रमित उपचररत छन् । ७५ बेडको आइसियु र २८ बेडको एचडियु रहेको अस्पतालमा ९ जना भेन्टिलेटरमा छन् । जसमध्ये ५ जना सिप्याप, ३ जना हाइफ्लो नेजल क्यानुला र १ जना इन्भेसिभ भेन्टिलेटरमा राखिएका छन् ।

बुधबार ४ जना नयाँ विरामी भर्ना भएको ४ जना डिस्चार्ज भएको र तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।


 डा.यादवले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गर्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.