logo

महानगरमा अब बन्ने सडक साईक्लिङका लागि पनि छुट्याईने 

      11/9/2020 गते 00 00 मा प्रकाशित     1355   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, २४ कार्तिक । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरक्षेत्रमा अब बन्ने सडकहरु साईक्लिङका लागि पनि उपयुक्त बनाउने बताउनुभएको छ ।

वीरगन्ज साईक्लिङक क्लबले आयोजना गरेको अन्तर क्लब साईक्लिलिङ प्रतियोगिताको समापन समारोहमा बोल्दै उहाँले साईक्लिङले महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन आवश्यक प्रतिरोधात्मक क्षमता बढाउनमा र शरीरलाई स्वस्थ राख्ने उपयोगी उपाय भएको बताउनुभयो ।


पछिल्लो समयमा शारीरीक स्वास्थ्यका लागि साईक्लिङ गर्नेहरुको पनि रुची बढ्दै गएकोले सबै परिवारको स्वास्थ्यका लागि यो निकै महत्वपूर्ण रहेको बताउनुभयो । बनिसकेका सडकहरुमा साईक्लिङका लागि छुट्टै व्यावस्था नभएपनि अब बन्ने सडकहरु भने साईक्लिङका लागि पनि निर्माण गरिने बताउनुभयो । वीरगन्जको होटल मकालुदेखि बगहीसम्म १२ किलोमिटरको दूरीको प्रतियोगितामा ऋतिक अग्रवाल प्रथम, बद्री बहादुर अधिकारी दोश्रो र अनुप अग्रवाल तेश्रो भएका छन् ।

प्रतियोगितामा विजय हुनेहरुलाई प्रमुख अतिथि महानगर प्रमुख विजय कुमार सरावगीले कप, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा सहभागितहरुलाई पनि मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिताको निर्णायक भूमिकामा गोविन्द साह र दिप टिवडेवाल रहनुभएको थियो ।

वीरगन्ज साईक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा महानगर प्रमुख सरावगी, नगर प्रमुखका प्रेस सल्लाहाकार गोविन्द देवकोटा लगायतको उपस्थिति रहेको थियो । मानवीय स्वास्थ्य र वातवरण प्रदूषण रोक्नलाई साईक्लिङ निकै उपयोगी सिद्ध भएको क्लबका अध्यक्ष सञ्जय अग्रवालले बताउनुभयो ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.