logo

बीरगंजमा साइक्लिङ क्रेज,मोटोपन घट्छ दिमागको शक्ति बढाउँछ

      10/12/2020 गते 00 00 मा प्रकाशित     1673   पटक पढिएको

बीरगंजका युवा ब्यवसायी संजय अग्रवाललाई अहिले साइक्लिङ गर्ने रहर जागेको छ । यो रहर स्वास्थ्यप्रतिको मायाका कारण जागेको हो । 


अग्रवाल पहिला ब्याडमिन्टन खेल्नुहुन्थ्यो घुडामा समस्या आएपछि बिहानी यात्रा (मर्निङवाक ) शुरु भयो । कहिले अल्छी लाग्ने कहिले के हुने त्यसले नियमितता पाएन  । अहिले साइक्लिङ शुरु भएको छ । एक महिना पुग्ना लाग्यो क्रम टुटेको छैन । साइक्लिङ गरिसकेपछि शरीर हलुको र फूर्तिलो हुने उहाँको अनुभव छ । 


साइक्लिङ  गर्ने एउटा समुह छ । त्यसमा १९ जना १८ वर्ष देखी ५० वर्ष उमेर समुहका सदस्यहरु छन । गृहणीहरु पनि छन । दैनीक उनीहरुले १३ किलो मिटरको दुरी तय गर्छन ।


कोरोना कहरको संकटको बेलामा साइक्लिङ सबैभन्दा सुरक्षीत ब्यायमको रुपमा रहेको छ ।  यो समुहले शनिवार भने ३३ किलो मिटरको दुरी तय गर्छ । रुट एउटै छैन बिभिन्न रुटमा यो समुह साइक्लीङमा जाने गरेको छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमताको बिकासको लागि पनि यसले फाइदा पुग्ने अग्रवालको बिश्वास छ । 

साइकल वातावरणमैत्री साधान पनि हो । यसले मानिसको स्वास्थ्यलाई सधैं तन्दुरुस्त राख्न सहयोग गर्छ ।कोरोना कालमा बीरगंजमा ४ जना मिलेर साइक्लीङ शुरु गरिएको र अहिले यो समुह बढदो छ । 


साइकलले स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने धेरैलाई थाहा नहोला। दैनिक २० मिनेट साइक्लिङ गर्दा मानिस पूर्ण रूपमा स्वस्थ रहने एक अध्ययनले जनाएको छ। साइक्लिङ जुनसुकै उमेरका लागि पनि उपयुक्त व्यायाम हो।

रक्तचाप नियन्त्रण

नियमित साइकल चलाउँदा शरीरमा रक्तसञ्चार राम्ररी हुन्छ। साइक्लिङले रगतमा अक्सिजनको मात्रा आपूर्ति हुने भएकाले रक्तसञ्चारमा सुधार आउँछ। त्यस्तै, साइकल इन्धनविना चल्ने भएकाले प्रदूषणबाट समेत बच्न सकिन्छ।

मांसपेशी मजबुत

साइक्लिङ गर्नु सजिलो एक्सरसाइज हो । जसले जोर्नीमा लचकता ल्याउँछ। नियमित साइक्लिङ गर्दा मांसपेशी बलियो बनाउन मद्दत पुग्छ।  साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत पाउन सकिन्छ।

मोटोपन घट्छ

दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ। त्यसैले, साइक्लिङ गर्नेले बढी क्यालोरीयुक्त खाना खाँदा पनि केही फरक पर्दैन। यसरी सहजै व्यवस्थापन हुने हुँदा आफूलाई मन परेको खाना मज्जाले खान सकिन्छ। यसबाहेक, मोटोपन भएका व्यक्तिले साइक्लिङ गरेमा अन्य व्यायाम गर्नुपर्दैन।

दिमागको शक्ति बढाउँछ

अमेरिकास्थित इलिनोइस विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनले स्वच्छ वातावरणमा नियमित साइक्लिङ गर्ने व्यक्तिमा अरूको तुलनामा दिमागी शक्ति  बढी हुने देखाएको छ। साइकल चलाउँदा शरीरमा ब्रेन सेलको निर्माण हुने बताइन्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।

बुहारी बलात्कार गर्ने ४१ वर्षिय ससुरा पक्राउ

गोरखा । गोरखामा एक जना ४१ वर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.