logo

बीरगंजमा साइक्लिङ क्रेज,मोटोपन घट्छ दिमागको शक्ति बढाउँछ

      10/12/2020 गते 00 00 मा प्रकाशित     2154   पटक पढिएको

बीरगंजका युवा ब्यवसायी संजय अग्रवाललाई अहिले साइक्लिङ गर्ने रहर जागेको छ । यो रहर स्वास्थ्यप्रतिको मायाका कारण जागेको हो । 


अग्रवाल पहिला ब्याडमिन्टन खेल्नुहुन्थ्यो घुडामा समस्या आएपछि बिहानी यात्रा (मर्निङवाक ) शुरु भयो । कहिले अल्छी लाग्ने कहिले के हुने त्यसले नियमितता पाएन  । अहिले साइक्लिङ शुरु भएको छ । एक महिना पुग्ना लाग्यो क्रम टुटेको छैन । साइक्लिङ गरिसकेपछि शरीर हलुको र फूर्तिलो हुने उहाँको अनुभव छ । 


साइक्लिङ  गर्ने एउटा समुह छ । त्यसमा १९ जना १८ वर्ष देखी ५० वर्ष उमेर समुहका सदस्यहरु छन । गृहणीहरु पनि छन । दैनीक उनीहरुले १३ किलो मिटरको दुरी तय गर्छन ।


कोरोना कहरको संकटको बेलामा साइक्लिङ सबैभन्दा सुरक्षीत ब्यायमको रुपमा रहेको छ ।  यो समुहले शनिवार भने ३३ किलो मिटरको दुरी तय गर्छ । रुट एउटै छैन बिभिन्न रुटमा यो समुह साइक्लीङमा जाने गरेको छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमताको बिकासको लागि पनि यसले फाइदा पुग्ने अग्रवालको बिश्वास छ । 

साइकल वातावरणमैत्री साधान पनि हो । यसले मानिसको स्वास्थ्यलाई सधैं तन्दुरुस्त राख्न सहयोग गर्छ ।कोरोना कालमा बीरगंजमा ४ जना मिलेर साइक्लीङ शुरु गरिएको र अहिले यो समुह बढदो छ । 


साइकलले स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने धेरैलाई थाहा नहोला। दैनिक २० मिनेट साइक्लिङ गर्दा मानिस पूर्ण रूपमा स्वस्थ रहने एक अध्ययनले जनाएको छ। साइक्लिङ जुनसुकै उमेरका लागि पनि उपयुक्त व्यायाम हो।

रक्तचाप नियन्त्रण

नियमित साइकल चलाउँदा शरीरमा रक्तसञ्चार राम्ररी हुन्छ। साइक्लिङले रगतमा अक्सिजनको मात्रा आपूर्ति हुने भएकाले रक्तसञ्चारमा सुधार आउँछ। त्यस्तै, साइकल इन्धनविना चल्ने भएकाले प्रदूषणबाट समेत बच्न सकिन्छ।

मांसपेशी मजबुत

साइक्लिङ गर्नु सजिलो एक्सरसाइज हो । जसले जोर्नीमा लचकता ल्याउँछ। नियमित साइक्लिङ गर्दा मांसपेशी बलियो बनाउन मद्दत पुग्छ।  साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत पाउन सकिन्छ।

मोटोपन घट्छ

दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ। त्यसैले, साइक्लिङ गर्नेले बढी क्यालोरीयुक्त खाना खाँदा पनि केही फरक पर्दैन। यसरी सहजै व्यवस्थापन हुने हुँदा आफूलाई मन परेको खाना मज्जाले खान सकिन्छ। यसबाहेक, मोटोपन भएका व्यक्तिले साइक्लिङ गरेमा अन्य व्यायाम गर्नुपर्दैन।

दिमागको शक्ति बढाउँछ

अमेरिकास्थित इलिनोइस विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनले स्वच्छ वातावरणमा नियमित साइक्लिङ गर्ने व्यक्तिमा अरूको तुलनामा दिमागी शक्ति  बढी हुने देखाएको छ। साइकल चलाउँदा शरीरमा ब्रेन सेलको निर्माण हुने बताइन्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.