logo

छिपहरमाईमा बर्थिङसेन्टरको उद्धघाटन, सेन्टरमा सेवा लिने महिलालाई दुईहजार भत्ता दिइने अध्यक्ष गुप्ताको घोषणा

      9/18/2020 गते 00 00 मा प्रकाशित     823   पटक पढिएको

पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं २ सानो टिहुकी सेढामा शुक्रवार गाउँपालिकाका अधयक्ष मनोज गुप्ताले बर्थिंग से्टरको उदघाटन  गर्नु भयो । 


नौवटा गाउँको “नवगावा” मा बर्थिङ सेन्टर थिएन । नौ गाउँका महिलाहरुको प्रसुती सेवालाई मध्यनजर राखेर स्थापना गरिएको सेन्टरको शुक्रवार एक कार्यक्रमकावीच अध्यक्ष गुप्ताले उद्धघाटन गर्नु भएको हो । 

अध्यक्ष गुप्ताले  छिपहरमाई गाउँपालिकाको पाचै वटा वडाहरुमा बर्थिंग सेन्टर स्थापना गरिने बताउनु भयो । वर्षौ पहिला देखि छिपहरमाई गाउँपालिकामा एउटा पनी बर्थिंग सेन्टर नरहेको  र बाटोघाटो समस्या समेत रहेको कारण यस क्षेत्रका महिलाहरुले प्रसुतीका बेला समस्या भोग्ने गरेकोमा अव त्यो समस्या नहरने उहााले बताउनु भयो ।

 

उहाँले प्रसुतीकालागि अव भारतको बेतिया,मैनाटाड,सिकटा लगायतका स्थानमा जानु पर्ने अवस्थाको अनत्य हुने बताउनु भयो । अध्यक्ष गुप्ताले  प्रसुती सेवाको अभावमा कतिपय महिलाले अकालमै ज्यान गुमाएको घटना स्मरण गर्दै अध्यक्ष गुप्ताले त्यही समस्या अन्त्यकोलागि बर्थिङ सेन्टर स्थापनामा ध्यान दिएको बताउनु भयो ।

 

 गूपता अध्यक्ष भएपछि   छिपहरमाई गाउँपालिकाको वार्ड नं ४ तुल्सीवर्वा,  दोस्रो वार्ड नं २ टिहुकी सेढामा र वार्ड नं ३ जयमंगलापुरमा बर्थिंग सेन्टरको निर्माण सम्पन्न भईसकेको छ। 


 बर्थिंग सेन्टरबाट हजारौ महिलाहरु लाभान्वित हुने अध्यक्ष गुप्ताले बताउनु भयो । उहाँले महिला लाभानिवत हुनु भनेको नै यस भेगका सबै परिवार लाभानिवत हुनु हो भन्नु भयो ।  छिपहरमाई गाउँपालिकामा रहेको बर्थिंग सेन्टरमा प्रसुती गराउन आउने महिलालाई प्रोत्साहन स्वरुप  गाउँपालिका बाट दुई हजार नगद समेत दिने उहाँले घोषणा गनुृ भयो  ।

 

उहाँले चिकित्साशास्त्रमा स्नातक उपाधी ( एमबिएिस) चिकित्सकको ब्यवस्था गरिने समेत बताउनु भयो । उहाँले गाउँपालिकाका नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको जानकारी दिनु भयो।

 

छिपहरमाई गाउँपालिका को वार्ड नं १ मिर्जापुर मा बर्थिंग सेन्टर स्थापना को लागी गाउँपालिका  बाट ८० लाख बजेट बिनियोजन भएको उहाँले जानकारी दिनु भयो ।

 

वार्डनं ५ भिस्वामा पनी बर्थिंग सेन्टरको तयारी भएको र आउने आर्थिक वर्षमा बजेटको ब्यवस्था गरिने उहाँले बताउनु भयो ।  उहाँले गाउँपालिकामा एक मात्र एमबुलेन्स खरिद गरि संचालनमा रहेको र चालु आर्थिक वर्षमा अर्को उमबुलेन्स खरिद गरि  तुल्सिवर्वा र सम्भौता सेढामा रहेको बर्थिंग सेन्टरमा  उपलब्ध गराइने बताउनु भयो ।  

 

बर्थिंग सेन्टर उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदिना खातुनले  बर्थिंग सेन्टरको निर्माणले महिलाको सुरक्षा बढेको बताउनु भयो ।  उहाँले  यस क्षेत्रका महिलालाई सुरक्षित ,सहज , प्रसुती सेवा पाउनका साथै  पैसाको पनि बचत हुने बताउनु यभो ।

 

 उदघाटन कार्यक्रममा छिपहरमाई गाउँपालिका,प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ,वार्डअधयक्ष महेन्द्र साह कलवार,राजबली यादव,रामबालक राउत गदी, बिनोद साह कानु ,मौजिलाल साह, स्वास्थ संयोजक शम्भु साह, पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता , शमसुल मियाँ ,मुक्ति नारायण साह कानु, बिजय चौरसिया,बर्थिंग सेन्टरका हेल्थ असिस्टेन्ट श्याम प्रसाद यादव,स्टाप नर्स सरोज कुमारी ,सम्झना थलेत,अनमी मिरा चौरसिया, लगायत कर्मचारी र स्थानीय हरुको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.