logo

बारा पर्सामा गरि ४० जना संक्रमीत थपिए

      8/31/2020 गते 00 00 मा प्रकाशित     722   पटक पढिएको

पर्सामा थप ४०  जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परिक्षणमा पर्साका थप ३२ जनामा कोरोना संक्रमण फेला परेको अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनु भयो  ।


अस्पतालका प्रवक्ता  डाक्टर अतुलेशकुमार चौरसियाका अनुसार विभिन्न स्थानबाट आएका ४ सय ३६ जनाको स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा ३८ जनामा  संक्रमण पुष्टि भएको हो ।

 

त्यसैगरिर  अस्पतालको आकष्मिक कक्षमा भर्ना भएका ४ जनाको जिन अक्स्पर्ट प्रविधिबाट परिक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनु भयो ।

८ महिलासहित थपिएका सङ्क्रमितमा ६ वर्षीय बालकदेखि ७० वर्षीय वृद्धसम्म रहेका छन् । जसमध्ये पर्साका ३२ जना, बाराका ४ जना, सर्लाहीका एक जना र ठेगना खुल्न नसकेका एक जना रहेको डाक्टर चौरसियाले बताउनु भयो । जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएकाहरुको पनि ठेगाना खुलेको छैन ।

 

संक्रमित हुनेमा पर्साको कालिकामाई गाउँपालिकाको ९ जना र वीरगंज महानगरपालिकाको २३ जना रहेको प्रवक्ता डा. चौरसिया वताउनु भयो  । थपिएका सङ्क्रमितहरुको सिटि भ्यालु १७ देखि ३२ सम्म रहेको डा. चौरसियाले बताउनु भयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.