logo

६ महिनाको बालकमा पनि संक्रमण पुष्टि,पर्सामा ४७ जना संक्रमीत थपिए

      8/30/2020 गते 00 00 मा प्रकाशित     802   पटक पढिएको

बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोशालाले शनिवार सार्वजनीक गरेको पिसीआर परिक्षणको रिपोर्ट अनुसार ६ महिनाको बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

संक्रमीत हुने ६ महिनाको बालक देखी ९७ वर्षका बृद्ध सम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताउनु भयो । 


पछिल्लो रिपोर्टमा कुल ७९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमीत मध्य पर्साका ४७ जना बाराका ३० जना मोरङ र काठमाण्डौका एक एक जना रहेका छन ।

 

४ सय ४२ जनाको स्वाबको नमुना परिक्षण गर्दा ७९ जनामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ । 


 पर्साका ४७ संक्रमित मध्ये पोखरिया नगरपालिकाका १२ जना र वाकी संक्रमित वीरगंज महानगरपालिकाको विभिन्न वडाका रहेका छन् ।

यस्तै बाराको ३० संक्रमित मध्ये बिश्रामपुरका ३ जना, महागढीमाईका २ जना, जितपुरसिमराका २ जना र वाकी संक्रमित कलैया उपमहानगरपालिकाको विभिन्न वडाका रहेका छन् ।

 

ज‍ीन एक्सपर्ट प्रविधिबाट गरिएको परिक्षणमा फेला परेका संक्रमितहरुको सिटी भ्यालु १८ देखी ३३ सम्म रहेको प्रवक्ता चौरसियाले वताउनु भयो  । सिटी भ्यालु २४ भन्दा कम भएका संक्रमितहरुबाट संक्रमण फैलने सम्भावना बढी रहेको डा. चौरसियाको भनाई छ  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.