logo

पर्सामा शुक्रवार बिहान सार्वजनीक भएको रिपोर्ट अनुसार २७ जना संक्रमीत थपिए

      8/14/2020 गते 00 00 मा प्रकाशित     889   पटक पढिएको

वीरगञ्जस्थित नारायणी अस्पतालले शुक्रवार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार  पर्सामा थप २७  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

रिपोर्ट अनुसार भारतीय महावाणिज्य दुतावासका कर्मचारी, नारायणी अस्पतालमा कार्यरत चितिक्सक, नेपाली सेनाका सिपाही,  स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, बैंकमा कार्यरत कर्मचारीमा  कोरोना सङ्क्रमण देखिएको हो ।

पर्सा जिल्लाका २७ जनामा कोरोना संक्रमणको पुष्टि भएसगै शुक्रवार आएको रिपोर्टमा  बारा जिल्लाका २१ जना र महोत्तरी जिल्लाका २ जना गरी जम्मा ५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा कार्यरत चार जना चिकित्सक,ग्लोबल आइएमई बैंक वीरगञ्ज शाखाका एक जना कर्मचारी ,अस्पतालका एक जना सफाई कर्मचारी तीन जना सुरक्षा गार्ड सहित नारायणी अस्पतालका मात्रै १२ जना संक्रमीत भएका छन । 

पर्सामा थपिएका सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया, वडा नं. ४ विर्ता र लोहारपट्टी रोड, वडा नं. १० घडिअर्वा, वडा नं. ११ श्रीपुर, वडा नं. १३ मुर्ली, वडा नं. १५ भिस्वालगायत वडाका वासिन्दा रहेको नारायणी अस्पतालका मेडिकल सुपरिनटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनु भयो  ।


त्यस्तै बारा जिल्लाको जितपुरसिमरा महानगरपालिकाको वडा नं. १४ देखि वडा नं. १५ सम्मका २० जना र विश्रामपुरका एक जना गरी २१ जनामा र महोत्तरीका २ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

२ वर्ष देखि ६९ वर्ष उमेर समुहका सङ्क्रमितमा १२ जना महिला रहेको अस्पतालको पिसिआर ल्याबले जनाएको छ । थपिकेका मध्ये केही कन्ट्याक्ट ट्रेडिङ र केही स्वेच्छाले आफ्नो परीक्षण गराएका रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.