logo

महानगरपालिकाद्वारा पीसीआर मेशिन नारायणी अस्पताललाई हस्तान्तरण 

      6/20/2020 गते 00 00 मा प्रकाशित     1435   पटक पढिएको

वीरगन्ज, ६ असार । वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेशिन नारायणी अस्पताललाई हस्तान्तरण गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघ तथा वीरगन्जका उद्योगी व्यवसायी तथा विभिन्न संघ संस्थाहरुको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेशिन शनिबार नारायणी अस्पताललाई हस्तान्तरण गरिएको हो ।

महानगरपालिकाद्वारा खरिद गरिएको पीसीआर मेशिन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायलाई हस्तान्तरण गर्नुभयो । पीसीआर मेशिन हस्तान्तरण र संचालनको विषयमा भने वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी र मेसु डाक्टर मदन उपाध्यायले हस्ताक्षरण गर्नुभएको छ ।

पीसीआर मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि तीन तहको सरकारबीच समन्वय अभाव देखिएको बताउनुभयो । उहाँले प्रदेश सरकारको तर्फबाट व्यावस्थापनका लागि आर्थिक सहयोगको कुनै कामी नगरेका दावी गर्दै संघ सरकारले कोरोना महामारी व्यवस्थापनमा केही पनि सहयोग नगरेको आरोप लगाउनुभयो ।

उहाँले अन्यप्रदेशले भन्दा बढी कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश नम्बर २ सरकारले खर्च गरेको पनि दावी गर्नुभयो । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले कोरोना भाईरस नेपालमा विस्तारै ७७ जिल्लामा पुग्ने अवस्था रहेकोले वीरगन्ज देशको मुख्य प्रवेशद्वार र आर्थिक गतिविधि हुने स्थान भएकोले पनि अझैपनि जोखम कायम रहेको बताउनुभयो ।

उहाँले त्यहि जोखिम कम गर्नका लागि पीसीआर मेशिनको आवश्यकता महशुस गरेर नै महानगरपालिकाले सहयोग आह्वान गरेपछि उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाहरुको सहयोगमा पीसीआर खरिद गर्न सफल भएको बताउनुभयो । उहाँले पीसीआर मेशिन जडान पछि एकघरबाट एकजनाको परीक्षण गर्ने यसले समुदायमा कोरोना फैलिनबाट रोक्ने भएपछि पर्सा जिल्लालाई नै कोरोनामुक्त हुने बताउनुभयो ।

महानगरपालिकाका मेयर सरावगीले मेशिन खरिदका लागि उद्योगी व्यवसायीले मात्रै सहयोग गरेको मात्रै नभई अन्य संघ संस्था र व्यक्तिहरुले पनि सहयोग गरेकोले उद्योगी व्यवसायीहरुले मात्रै सहयोग गरेको भन्ने भ्रममा नपर्न आग्रह गर्दै पीसीआर मेशिन खरिदमा विशेष उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले वीरगन्ज महानगरपालिकासँग उद्योगी व्यवसायीहरुले मेशिन खरिदका लागि मात्रै खर्च गर्ने सम्झौता गरेको स्पष्ट पार्नुभयो । उहाँले अन्य दाताहरुले दिएको सहयोगले भने भिटिएम कीट, आईलोलेशन व्यावस्थापन लगायतका अन्य व्यावस्थापनमा लगाईने बताउनुभयो ।

महानगरपालिकाका मेयर विजय कुमार सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन कुमार उपाध्याय लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य रमेश पटेल, वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बञ्जरा, आर्थिक पत्रकार संघका अध्यक्ष विजय कुश्वाहा र मेशिन खरिद गर्न सहयोग गर्ने उद्यापतिहरुको पनि उपस्थिसित रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.