logo

नेपाली सेनाले चीनको ग्वान्जओबाट दुई जाहाज स्वास्थ्यसमाग्री ल्यायो

      5/28/2020 गते 00 00 मा प्रकाशित     1090   पटक पढिएको

नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आज बिहान काठमाडौँ ल्याएको हो ।

निगमको सो वाइडबडी जहाज बुधबार राति चीनको ग्वान्जाओ उडेको थियो । जहाजले सो स्थानबाट करिब १५ टन स्वास्थ्य सामग्री ल्याएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनु भयो  ।

उहाँका अनुसार वाइडबडी जहाजका दुई उडानबाट झण्डै ३२ टन स्वास्थ्य सामग्री ल्याइएको छ । उहाँले चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट ल्याउने भनिए पनि पछिल्लो उडानमा ३० पोर्टेवल एक्सरे मेसिन जहाजमा नअटेकाले स्थलमार्गबाटै ल्याउने व्यवस्था मिलाइएको बताउनु भयो  ।

सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३ सय ४१ टन स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याउने योजना बनाएको थियो । यसअघि यही जेठ ६ गते १८.८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ । सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउने जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.