नेपालमा चार महिनाकी बालिकादेखि ८१ वर्षीया वृद्धसम्मले पनि सहजै कोरोनालाई जितेर घर फर्किएका छन् ।
वीरगन्जकी चार महिनाकी शिशु हुन् वा काठमाडौंकी ८१ वर्षीया वृद्धा दुवैले सिटामोल समेत नलिई कोरोनालाई जितेर घर फर्किए ।८१ वर्षिय आमा १५ दिन बस्नुभयो त्यो अवधीमा कुनै दिन एक ट्याबलेट सिटामोल पनि उहाँले लिनु परेन ।
८१ वर्षको उमेरमा पनि कुनै रोग नभएकी ती आमामा इम्युनिटी हाई भएका कारण सहज रुपमा कोरोनालाई जितेको चिकित्सकको भनाई छ ।
त्यसो त आमाको काखमा खेल्दै गरेकी वीरगन्जकी ४ महिनाकी शिशुले पनि कोभिड—१९ लाई सहज जितेर आमासँगै घर फर्किन् । आमासँगै अस्पताल आउदा जुन अवस्थामा थिइन्, फर्कदा पनि सोही अवस्थामा फर्किएको नारायणी अस्पतालका चिकित्सक डा. उदय सिंह बताउँछन् ।
‘चार महिनाको बच्चालाई पनि संक्रमण हुँदा हामी धेरै डराएका थियौ,’ उनले भने, ‘तर, एक दिन सिटामोल पनि खुवाउनु परेन ।’ उनी मात्र नभएर उनकी आमा (चार महिनाकी सुत्केरी)लाई पनि कुनै समस्या नभई घर फर्किइन् । चार महिनाकी शिशु १४ दिन अस्पतालको आइसोलेसनमा बसेपछि संक्रमण मुक्त भएर घर फर्किएकी थिइन् ।
अझ रमाइलो कुरा त के भने नेपालगञ्जमा २ महिनाकी सुत्केरीलाई पनि कोभिड—१९ संक्रमण भएको थियो । उनी सँगै ती २ महिनाकी शिशुलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । आमासँगको प्रत्यक्ष सम्पर्क हुँदा पनि ती शिशुलाई कोरोना संक्रमण देखिएन ।
‘२ महिनाकी सुत्केरी महिलालाई कोभिड—१९ पुष्टि भएको थियो, । दुई महिनाकी शिशुलाई न त सुरुमा देखियो, न त डिस्चार्ज हुने समयमा नै ।
’ विश्व स्वास्थ्य संगठनले उच्च जोखिम समूहमा वृद्धवृद्धालाई राखेको छ । तर, नेपालमा देखिएका अघिकांश संक्रमित लक्षणबिहिन छन् । अहिलेसम्म कोरोना पुष्टी भएका ६० वर्षमाथिका १ जना व्यक्तिको मात्र मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाकाअनुसार अहिले आइसोलेसनमा रहेका कुनै पनि संक्रमितको अवस्था गम्भीर छैन ।
नेपालका संक्रमितको अवस्था हेर्दा उमेरले भन्दा पनि व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा संक्रमणको गाम्भीर्यता देखाएको चिकित्सकको टिप्पणी छ ।
पालमा एज फ्याक्टरमा असर गरेको देखिएन । नेपालमा हालसम्म १० वर्षमुनिका २६ जनामा कोभिड—१९ पुष्टि भएको छ । त्यसैगरी ११ देखि २० वर्षका १ सय ८१ जना, २१ देखि ३० वर्षका ३ सय १९, ३१ देखि ४० वर्षका २ सय २२, ४१ देखि ५० वर्षका ८९ जना, ५१ देखि ६० वर्षका ७० जनामा कोरोना देखिएको छ । यस्तै, ६१ देखि ७० वर्षका १४ जना, ७१ देखि ८० वर्षका ४ जना र ८० वर्ष माथिका १ जनामा संक्रमण पुष्टि भएको छ ।
६० वर्षदेखि माथिका १९ जनामा कोभिड—१९ देखिएकोमा मृत्युपछि कोभिड—१९ पुष्टी भएका ७५ वर्षीय १ जनाबाहेक उनीहरु सबै सामान्य अवस्थामा नै छन् । त्यसो त २० वर्ष मुनिका पनि सामान्य अवस्थामा नै छन् ।
तपाईको प्रतिक्रिया