logo

पिपीई सहित ९६ प्रकारका औषीध खरिद गर्ने टुंगो ,मंत्रीपरिषदको निर्णयपछि समान ल्याइने

      4/15/2020 गते 00 00 मा प्रकाशित     906   पटक पढिएको

बीरगंज ३ बैशाख । 
स्वास्थ्य सामग्री खरिदकालागि  (गठित कोभिड१९) व्यवस्थापन समितिले खरिद गर्ने औषधीको चेकलिष्टलाई अन्तिम टुंगो लगाएको छ । यसमा पिपीई सहित ९६ प्रकारका औषधीहरु रहेका छन । 

मुख्यसचिव लोकदर्शन रेग्मी,रक्षासचिव,परराष्ट्र मन्त्रालयका सचिव,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलगायत रहेको समितिले पुनः चीनबाटै स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया टुंग्याएको हो। सकितिले तयार पारेको सूची मंत्रीपरिषदको बैठकले अनुमोदन  गरेपछि खरिद प्रक्रियाको बाटो खुल्छ । नेपाल सरकारले चीनीय सरकारसंग सामान खरिदको निर्णग गरेको थियो । अहिले चीनीया एक सरकारी कम्पनीको समेत टुंगो लागेको स्रोतको दावी छ । नेपाललाई आवश्यक समाग्रीहरुको सूचीका बारेमा नेपाल सरकार र चीनीया कम्पनीवीच पटक पटक छलफल भएको बताइएको छ । 

सेनाले मन्त्रिपरिषदको निर्णयपछि आवश्यक कदम अगाडि योजना बनाएको छ। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार मन्त्रिपरिषदले निर्णय लिएपछि चिनियाँ कम्पनीसँग सामान ल्याउनका लागि अन्तिम कुराकानी हुने छ।

सो कम्पनीले ग्वान्झाओस्थित अन्तर्राष्ट्रिय विमानस्थलसम्म सामग्री पठाउने भनिसकेको छ। समितिमा रहेका वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीले सामग्रीको गुणस्तर र दररेट टुंग्याएका थिए।

यसपटक आयात गरिने स्वास्थ्य सामग्री सकेसम्म विवादरहित बनाउने सरकारको योजना छ। स्वास्थ्य सामग्री सकेसम्म सस्तो,गुणस्तरीयतथा विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त रहने सेनाको प्रतिबद्धता छ।


यसअघि स्वास्थ्य मन्त्रालयले पिपिइलगायत १८ प्रकारका स्वास्थ्य सामग्री निजी कम्पनीमार्फत नेपाल ल्याउँदा अस्वाभाविक दररेट तोकिएपछि खरिद नै विवादमा आएको थियो।

स्वास्थ्य मन्त्रालयको खरिद प्रक्रिया विवादमा आएपछि मन्त्रिपरिषद बैठकले सरकार९सरकार जिटुजी०अन्तर्गत बाँकी मेडिकल सामग्री खरिद गर्ने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.