logo

नयाँ सक्रमीत फेला परेका छैनन,उपचारमा रहेकाहरुको अवस्था सामान्यः डा देवकोटा 

      4/8/2020 गते 00 00 मा प्रकाशित     1300   पटक पढिएको

बीरगंज २६ चैत  ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नदेखिएको जानकारी दिनु भएको हो  । 

नेपालमा पछिल्लो २४  घण्टा भित्रमा कोरोना भाइसबाट कोही पनि संक्रमीत फेला परेका छैनन। नेपालमा हाल सम्म २ हजार ३  सय ६६ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ। 

 

 हालसम्म काठमाडौं उपत्याकाभित्र १हजार ९ सय ६५ जनाको र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना भाइरसको परीक्षण गरिएको हो।

 

उपत्यका र उपत्यकाबाहिर गरी जम्मा २ हजार ३ सय ६६ जनाको परीक्षणमा नयाँ संक्रमित नदेखिएको डा देवकोटाले बताउनु भयो ।

मन्त्रालयले नमुना परीक्षणको कामलाई विस्तार गरीएको  छ । नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ।

 

जसमध्ये १ जना निको भइसकेका छन्। अस्पतालमा उपचाररत ८ जनाको अवस्था पनि सामान्य रहेको डा देवकोटाले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.