logo

गोप्य कोठामा जनस्वास्थ्यले मनायो विश्व स्वास्थ्य दिवस

      4/7/2017 गते 00 00 मा प्रकाशित     1381   पटक पढिएको

 

वीरगंज, २५ चैत । जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले विश्व स्वास्थ्य दिवस शुक्रवार गोप्य कोठामा मनाएको छ । सो दिवसको अवसरमा नारायणी उपक्षेत्रीय अस्पतालमा आयोजित कार्यक्रममा जनस्वास्थ्य कार्यालयका केही अधिकृत तथा नाउक्षे अस्पतालका कर्मचारीहरू मात्र सहभागी थिए । जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले सो दिवस सार्वजनिक ठाउँमा नमनाइ गोप्य कोठामा मनाएकोले सोको लागि आएको बजेट अनियमितता गरेको स्रोतले जनाएको छ ।

 

यस विषयमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत अमलेश्वर मिश्रासँग बुझ्दा उनले पर्याप्त बजेटको अभावमा सो दिवस सार्वजनिक स्थानमा नमनाएको प्रतिक्रिया दिए । आएको बजेट कार्यपत्र प्रस्तुत गर्ने चिकित्सक तथा खाजा, ब्यानरमा खर्च भएको मिश्राले बताए । निमित्त कार्यालय प्रमुख सचिदानन्द सिंहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एवं नाउक्षे अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजदेव कुशवाहा, डा. भरत गोइत, डा. अनामिका सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए । विश्व स्वास्थ्य सङ्गठनले यो वर्ष ‘उदासीनतालाई खुलेर कुरा गरौं’ मूल नारासहित विश्वभरि विश्व स्वास्थ्य दिवस मनाउन आह्वान गरेको छ ।

 

विश्व स्वास्थ्य सङ्गठनका विश्वव्यापी शाखाहरू र विश्वका सबै देशका सरकारले अप्रिल ७ तारिखको दिनलाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाउँदै आइरहेका छन् । आजकै दिन विश्व स्वास्थ्य सङ्गठनको स्थापना भएकोले सो दिवस विश्वभरि मनाउने गरिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.