logo

मतपेटीका शिलबन्दी नम्बरको विवादका  कारण ठाकुरराममा मतगणना रोकियो

 इसीमाना सम्वाददाता     २०८१ चैत ७ गते १७: २४ मा प्रकाशित     438   पटक पढिएको

वीरगन्ज । मतपेटीकामा भएको सिल नम्बर नमिले पछि ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ । 


निर्वाचन आयोगले मतपेटीका सिल गरेर निर्वाचन आयोगले उम्मेदवारका प्रतिनिधिलाई उपलब्ध गराएको नम्बर एक आपसमा मेल नखाएपछि बिवाद भएर मतगणना रोकिएको हो ।


त्यही नम्बर बिहीबार दिउँसो मतपेटिका खोल्ने क्रममा उम्मेदवारका प्रतिनिधिसँग रहेको सिलबन्दी नम्बर र मतपेटिकामा रहेको सिलबन्दी नम्बर मेल नखाएपछि भएको विवादका कारण मतगणना अवरुद्ध भएको हो । 


स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजे पछाडि अवरुद्ध भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

मतपेटिकामा  शिलबन्दी गर्दा लेखिएको नम्बर र उम्मेदवारका प्रतिनिधिले प्राप्पत गरेको नम्बर भिडाउन निर्वाचन आयोगले उम्मेदवार प्रतिनिधिलाई देखाउन आग्रह गर्दा उनीहरुले नदेखाएको निर्वाचन आयोग सम्वद्ध स्रोतले जनाएको छ  मतपेटिका शिलबन्दी छ ।  

सीसी क्यामराको निगरानीमा सबै कुरा छ मतपेटिका पनि लक छ उम्मेदवार प्रतिनिधिले आफूसं भएको नम्बर भिडान गर्दा समस्याको हल निस्कने स्रोतको दावी छ ।


निर्वाचन आयोगले अहिले यथास्थितिमा मुलुक्का उठाएर मतगणना स्थगन गरेको छ । बिद्यार्थी संगठनहरु सहमतीमा आउने बित्तिकै मतगणना पूनः सूचारु हुने निर्वाचन आयोगले जनाएको छ ।

 

निर्वाचन आयोगले शिलबन्दी नम्बरमा आएको बिवादलाई सामान्य प्राविधिक त्रुटि भनेको छ । उम्मेदवारका प्रतिनिधिले आफूले प्राप्त गरेको नम्बर मतपेटिकामा शिलबन्दीका बखत राखिएको नमबर भिडान गर्दा समस्याको हल निस्कन सक्ने स्रोतले जनाएको छ । 

 

तर बिद्यार्थी सघ संगठनले  सिलबन्दी नम्बर नै फरक परेको भन्दै  मतगणनामा खटिएका उम्मेदवारका प्रतिनिधिहरू समेत सम्मिलित भई ले क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

मतगणना अवरुद्ध हुनुअघि निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार सभापति पदमा राजकुमार यादव अग्रस्थानमा छन् । उनले ४ सय २० मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा विकास मण्डल धानुकले २६१ मतका साथ पछ्याइरहेका छन भने सुधिर पटेल समूहका उम्मेदवार कमलेश यादवले २०४ मत र पाँचौ स्थानमा रहेका अनेरास्ववियुका पवन यादवले १५० मत पाएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.