logo

घर घरमा निम्ता कार्ड,भित्ता भित्तामा पोष्टर, अभिमुखीकरणको भब्य तयारी , महासचिव पोख्रेलले सम्बोधन गर्ने

 इसीमाना सम्बाददाता     २०८१ चैत ६ गते १०: २० मा प्रकाशित     578   पटक पढिएको

बीरगंज । नेकपा एमाले बीरगंज महानगर कमिटीले जरा अभियान अन्तर्गत महानगरस्तरीय अभिमुखीकरणको तिब्र तयारी गरेको छ ।

 

अभिमुखीकरणलाई भब्य बनाउन महानगर कमिटीले महानगर भित्रका सबै पार्टी सदस्यलाई आमन्त्रण गरेको छ । पार्टीले निम्ता कार्ड छापेरै घर घरमा अभियान सहित निम्ता बितरण गरेको छ ।

May be an image of 1 person and text that says 'नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिरगंज महानगर पालिका कमिटि सादर निमत्त्रणा नेकपा एमाले को तिन महिने वडा केब्दित अभियान अन्तरगत नेकपा एमाले बिरगंज र पालिका कमिटी द्वारा महानगर पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम निम्न मिति, ्थानमा नेकपा एमाले केन्द्रिय महासचिव कमरेड शंकर पोखरेल को प्रमुख आतिथ्यमा तपाईलाई यस कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा सहित अनुरोध गर्ददाँ तपसिल: मिति: २०৭ चै ደ गते शनिवार समय: विहान ၇ बजे स्थान: क्लासिक व्या ब्वेट (पार्टी प्यालेस), घण्टाघर (आरमी व्यारेक देउमा) आयोजक: नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिरगंज महानगर पालिका कमिटि'

पार्टीका सबे वडा कमिटीका साथीहरु निम्ता कार्ड लिएर हरेक पार्टी सदस्यको घरमा पुगिरहनु भएको छ  नेकपा एमालेका महानगर इन्चार्ज बिचारी यादवले भने “पार्टीको आधारभूत तहको कार्यकर्ता बलियो नहुदा सम्म पार्टी बिलयो हुदैन बलिया कार्यकर्ताले पार्टीलाई जनासंग जोडने भएकोले जरा अभियान अन्तर्गत पार्टीका सबै सदस्य परिचालन गर्ने तयारी साथ महानगरले काम गरिरहेको छ ” ।


नेकपा एमालेले माघ फाल्गुण र चैत महिना भरि जरा अभियान चलाउने निर्णय गरेको छ । नेकपा एमालेको जरा नै टोल टोलमा रहेका पार्टी सदस्यहरु भएकोले जरा मजबुत बनाएर राष्ट्रीय शक्तिको रुपमा स्थापित हुन र त्यस मार्फत मिशन ०८४ मा सफल हुन पार्टी अभियानमा जुटेको महानगर अध्यक्ष राजेन्द्र यादवले बताए ।

 
अभिमुखीकरण केन्द्रीत भएर नेकपा एमाले बीरगंज महानगरकमटिीले वडा कमिटीका बैठकहरु संचालन गरिरहेको छ ।

 

 निम्ता कार्ड छापेर हरेक पार्टी सदस्यको घरमा पुगेर निम्ता दिने अभियान चलाईरहेको छ । पार्टीका महासचिवको तस्विर अंकीत पोस्टर समेत बनाएर शहरका भित्ताहरुमा टाँसेको छ ।

अभिमुखीकरणलाई ठोस प्रभावकारी र गुणात्मक बनाउनकालागि पार्टी पंक्ति हरेक रुपमा क्रियाशिल भएको नेकपा एमालेका नेता नवराज शर्माले बताए । पार्टीका महासचिव उपस्थित भएर पार्टीको अहिलेको कार्यभार भविष्यको योजना समसामयीकर राजनीतिक षियमा महत्वपूर्ण बिचार राख्ने कार्यक्रम भएकोले कार्यकर्ता पंक्तिमा पनि उत्साहको संचार भएको शर्माको भनाई छ । 


पार्टी निर्माणको काम महत्वपूर्ण काम हो । नेकपा एमालेका बिरुद्ध चारै तर्फबाट भएको घेराबन्दी  अहिले पनि बिभिन्न रुपमा कायमै रहेको बेला राष्ट्रीय शक्ति निर्माणको संकल्प लिएर अगाडि बढ्न महानगरले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमले खास अर्थ राख्ने नेकपा एमाले पर्साका लेखा समितिका अध्यक्ष शिवजी गुप्ताको भनाई छ ।


महानगरले चैत ९ गते बीरगंजको क्लासिक ब्यांक्वेटमा कार्यक्रमको आयोजना गरेको छ । पार्टीका महासचिव शंकर पोख्रेलले सम्बोधन गर्ने कार्यक्रम रहेको इन्चार्ज यादवले बताएका छन । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.